Developed By Kuldeep Sharma

३ वर्ष अगाडि

रोटरीद्वारा चन्द्रौटाका दुई अस्पताललाई अक्सिजन कन्सन्ट्रेटर हस्तान्तरण


१२ असार ।
रोटरी क्लब अफ कपिलवस्तुले चन्द्रौटाका दुई अस्पताललाई अक्सिजन कन्सन्ट्रेटर हस्तान्तरण गरेको छ । क्लबले नियमित बैठकका क्रममा चन्द्रौटास्थित शिवराज आधारभूत स्वास्थ्य अस्पताल र संजिवनी सामुदायिक अस्पताललाई एक–एक थान अक्सिजन कन्सन्ट्रेटर प्रदान गरेको हो ।
रोटरी क्लब अफ कपिलवस्तुका प्रेसिडेन्ट विष्णु प्रसाद भट्टराई र शिवराज नगरपालिका स्वास्थ्य शाखा प्रमुख चुरामणी भट्टराईको हातबाट अक्सिजन कन्सन्ट्रेटर हस्तान्तरण गरिएको थियो । कार्यक्रमका बीच शिवराज आधारभूत अस्पतालका डा. महेश गुप्ता र संजीवनी सामुदायिक अस्पतालका डाक्टर घनश्याम पाण्डेले कन्सन्ट्रेटर ग्रहण गर्नुभएको थियो ।


कार्यक्रमका बीच शिवराज नगरपालिका स्वास्थ्य शाखा प्रमुख चुरामणी भट्टराईले सहयोगीदाताप्रति आभार प्रकट गर्दै यसले कोरोना संक्रमितका लागि ठूलो राहत पुग्ने विश्वास व्यक्त गर्नुभयो । अक्सिजन कन्सन्ट्रेटरको महत्वबारे दर्शाउँदै स्वास्थ्य शाखा प्रमुख भट्टराईले शिवराज आधारभूत स्वास्थ्य अस्पतालमा यो समेत गरी अहिले ८ ओटा अक्सिजन कन्सन्ट्रेटर रहेको जनाउनुभयो । यस पटकको लकडाउनमा विभिन्न ठाउँमा अक्सिजनको अभाव भइरहेको बेला पनि शिवराज आधारभूत स्वास्थ्य अस्पताल र संजीवनी सामुदायिक अस्पतालमा अक्सिजनको अभाव हुन नदिन चेम्बर महासंघका केन्द्रिय सदस्य तथा चेम्बर कपिलवस्तुका अध्यक्ष महादेव पोखरेलको ठूलो योगदान रहेको चर्चा समेत गर्नुभयो । आगामी दिनमा अक्सिजनको अभावले कुनै पनि विरामीको अकालमै ज्यान जान नदिन पूर्व तयारीमा जुटेको समेत भट्टराईले जानकारी गराउनुभयो । साथै सबैको सहयोग र सहकार्यको खाँचो रहेको समेत अपेक्षा व्यक्त गर्नुभयो ।
यता चेम्बर महासंघका केन्द्रिय सदस्य एवं चेम्बर अफ कपिलवस्तुका अध्यक्ष तथा रोटरी क्लब अफ कपिलवस्तुका पास्ट प्रेसिडेन्ट महादेव पोखरेलले कोभिड महामारीका बेला आफू र आफ्नो संस्थाले अक्सिजन अभाव हुन नदिन भरपूर कोसिस गरेको औल्याउँदै तेस्रो भेरियन्टको कोरोना आउनुभन्दा पहिलो पूर्व तयारीका लागि रोटरीको पहलमा अक्सिजन कन्सन्ट्रेटर ल्याउन पहल गरिएको बतााउनुभयो । रोटरीले विश्वमा पोलियो उन्मूलनमा अग्रणी भूमिका खेलेको औल्याउँदै पोखरेलले कोभिड १९ को रोकथामका लागि पनि रोटरी अग्रसर रहेको बताउनुभयो ।
रोटरी अध्यक्ष विष्णु प्रसाद भट्टराईको अध्यक्षता रहेको कार्यक्रममा रोटरी पाष्ट प्रेसिडेन्ट तोयानाथ गैरेले स्वागत र नोमिनी प्रेसिडेन्ट हेमराज शर्माले धन्यबाद ज्ञापन गर्नुभएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

छुटाउनुभयो कि ? सबै
TOP

Developed By Kuldeep Sharma