Developed By Kuldeep Sharma

३ वर्ष अगाडि

उखुँ रसबाट मनग्गे आम्दानी


दिपक के.सी.
कपिलवस्तु असार १५


कपिलवस्तुको बुद्धभूमि नगरपालिका,पूर्व पश्चिम राज मार्ग अन्तर्गत वडा नं. ९ बुढढी चोक भन्दा ५०० मिटर अगाडीको सडक छेउमा उखुँको रस पेल्दै गरेको दृष्य देख्न सकिन्छ । पूर्वपश्चिम राजमार्ग हुदै सोही ठाँउ पुग्ने जोकोहि पनि उखुँको रस पिउन लालायित हुन्छन ।


राजमार्ग सडक छेउको खुल्ला ठाउँ । पिपलको छहारी मुनि बसेर चिसो उखँको रसको मज्जा लिदै केहि बेर यात्राको थकान विसाउन मन कस्लाई पो नहोला र । विगत ५ बर्ष देखि सोहि ठाउँमा यात्रुलाई उखुँको रस बेच्दै आएका छन गोरखनाथ गुप्ता । उखँुको रस बेचेरै ७ जनाको परिवारको गुजारा चलाउदै आएका छन । घरका सबै सदस्य पनि यसै पेशामा आवद्ध भएको उनले बताए । गर्मि मौषममा राम्रो आम्दानी हुने र खर्च पनि धेरै नलाग्ने भएर उखुको रसको व्यापार गर्दै आएको गुप्ताले बताए ।

विहानै सडक छेउमा मेशिन लगाएर सडक आवज जावत गर्ने यात्रुको प्यास मेटाउदै उनले दैनिक ७÷८ हजार सम्म व्यापार हुने बताए ।
गर्मिको मौषममा व्यापार राम्रो हुने भए पनि यस पटक कोरोनाका कारण भएको लकडाउनले व्यापारमा घाटा भएको उनले बताए । केहि दिन यता राजमार्गमा सावरी साधन आवत जावतमा वृद्धि भए संगै विस्तार व्यापार बढ्दै गएको गुप्ताले बताए । लकडाउनले गर्दा २०० क्वीन्टल उखुँ खेतमा नै सडेको उनले बताए ।
उखुँको रसको व्यापारमा धेरैनै फाइदा हुने अर्का व्यवसायी दशरथ शुक्लाले बताए । थोरै लगानीमा धेरै नाफा हुुने भएकोले यो व्यवसाय गर्दै आएको उनले बताए । उखुँ पेल्ने मेशिनलाई ढाइ लाख देखि ३ लाख सम्म पर्ने हुदाँ ठूलो लगानी मेशिन नै भएको उनले बताए । उखुँ आफनै खेतको भए नाफा झन दोब्बर हुन्छ , नत्र उखुमा पनि लगानी लाग्छ । प्लाष्टिक गिलासको प्रति गिलास उखँुको रस ३० रुपैयामा बेच्दा पनि राम्रो आम्दानी हुने शुक्लाले बताए ।


थोरै लगानी धेरै आम्दानीहुने युवाहरुको आर्कषकको व्यवसाय भए पनि स्थानिय सरकारले यस्ता व्यवसायिहरु तिर ध्यान नदिएको उनीहरुले बताए । सडक छेउमा नै व्यवसाय संचालन गरी परिवारको दैनिकी चलाउदै आएका यस्ता युवा व्यवसायीहरुलाई मेशिन खरिदमा अनुदान समेत स्थानिय तहले दिएको छैन ।
उखँुको रस जस्तै थोरै लगानी राम्रो आम्दानी हुने व्यवसायमा युवालाई आर्कषित गर्न सके र उनीहरुको व्यवसायलाई प्रर्वद्धन गर्न सक्ने हरेक दिने रोजगारीका लागि विदेशीन युवालाई स्वदेशमा नै रोक्न सकिन्थ्यो कि ?

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

TOP

Developed By Kuldeep Sharma