Home प्रदेश समाचार, समाचार लुम्बिनी प्रादेशिक अस्पतालको नयाँ भवनमा २० शैयाको आईसियू सेवा शुभारम्भ
प्रदेश समाचारसमाचार

लुम्बिनी प्रादेशिक अस्पतालको नयाँ भवनमा २० शैयाको आईसियू सेवा शुभारम्भ

बुटवल – लुम्बिनी प्रादेशिक अस्पतालले कोभिड आइसीयु वार्ड आफ्नै भवनमा सारेको छ ।कोभिड–१९ का दुई वटा लहरमा बुटवल रामनगरस्थित धागो कारखानाबाट सेवा दिएको वार्डलाई अस्पतालले आफ्नै भवनमा सारेको हो । अस्पतालका अध्यक्ष सुर्यबहादुर भट्टराईले वार्डको शुक्रवार उद्घघाटन गरेका छन् । उनले अस्पताल परिसरमै कोभिड आइसीयु वार्ड ल्याएपछि स्वास्थ्यकर्मीलाई सहज हुने बताए ।

२० शैया रहेको आइसीयु सारिएको अस्पतालका प्रवक्ता डा। विष्णु गौतमले बताए । यसअघि अस्पतालमा संरचनाको अभाव भएकाले लामो समयदेखि सञ्चालन हुन नसकेको धागो कारखानामा अस्पतालले कोभिड वार्ड सञ्चालन गरेको थियो ।

Facebook Comments Box
Shares

Author

मोफसल खबर