Developed By Kuldeep Sharma

३ वर्ष अगाडि

चन्द्रौटा–कृष्णनगर चार लेनको सडक निर्माण सुस्त


दिपक के.सी.
कपिलवस्तु साउन १

चन्द्रौटा कृष्णनगर सडक चार लेन बनाउने निर्माण कार्यले गति नलिदाँ यात्रुहरुले सास्ती खेप्नु परेको छ ।२०७५ माघ महिनाबाट सडक विस्तारको काम सुरु भएको भए पनि निर्माण कामले गति नलिदाँ सडक अलपत्र परेको छ ।
बर्षामा हिलाम्मे र गर्मिमा धुलाम्मे हुने चन्द्रौटा कृष्णनगर सडक खण्ड निर्माणको काम अहिले ठप्प हुदाँ सावरी र यात्रुले सास्ती खेप्नु परेको छ भने भत्कीएको र खाल्डाखुल्डी भएको सडकले दुर्घटनाको जोखिम पनि बढाएको छ ।
चन्द्रौटा देखि कृष्णनगरसम्म यो सडकखण्ड २० किलोमिटर छ । दुईलेनको यस सडकमा २१ मिटर चौडाइमा चारलेन सडक निर्माण सुरु गरे पनि निर्माण काम सम्पन्न नहुदाँ स्थानिय र यात्रुले सास्ती खेप्दै आएका छन । निर्माणाधिन सडकमा ठूला खाल्डा र अग्ला ब्रेकर भएका कारण सवारी साधनमा क्षति पुग्ने गरेको कृष्णनगर चन्द्रौटामा सवारी संचालन गर्दै आएका चालक सन्तोस क्षेत्रीले बताउनु भयो
दिनेश चन्द्र कालिका जेभीले निर्माणको जिम्मा लिएको यो सडक भारतीय सीमासँग जोडिएको सडक चार लेन निर्माण भए दुई देशीय आयात निर्यातमा सहज हुने थियो । तर अहिले निर्माण कम्पनीले सडक निर्माणको काम ढिलो गर्दा २० मिनेटको बाटोमा १ घण्टा समय लाग्ने गर्दछ । भारतबाट नेपाल विभिन्न सामाग्री बोकेर भित्रिएका ठूला मालबाहक सवारी कहिले गन्तव्य सम्म पुग्छन त कहिले यहि सडकमा फसेका भेटिन्छन । बाटो निर्माणका कारण साघुरीएको सडकमा ठूला मालवाहक सवारी साधन आवतजावत गर्दा साना सवारी साधनले बाटो नै नपाउने र दुर्घटनाको जोखिम रहेको बहादुरगंजमा अटो रिक्सा चलाउदै आएका चालक दुर्गा गरुङले बताउनु भयो ।
निर्माण कम्पनीले बाटोको दुबै छेउ खनेर बेस निर्माण सम्पन्न गरेको छ भने कतिपय स्थानमा पुरानै सडक यथावत रहेको छ । पुरानै सडकमा पनि ठूला खाल्टा परेर सवारी संचालनमा समस्या सिर्जना भएको छ । अटोरिक्सा चलाएर जिवीका धान्दै आएका कृष्णकुमार कुर्मीले सडक निर्माण नहुदा जोखिम मोलेरै सवारी साधन चलाउनु परेको बताउनु भयो ।
सडक निर्माण कार्य सुस्त गतिमा हुदाँ सडक छेउका घरहरु धुलाम्मे हुने गरेको स्थानियहरुले बताएका छन । सडक नबन्दा दुर्घटनाको जोखिम बढेकोले निर्माण कम्पनीले कामको गतिलाई बढाउनु पर्ने स्थानिय अनेक पाण्डेले बताउनु भयो
यता सडक निर्माण गर्दै आएको दिनेश चन्द्र कालिका जेभीले भने सडक निर्माणको काम भइरहेको र ०७९ असार मसान्त सम्म निर्माण सम्पन्न हुने गरि काम सुरु भएकोे छ ।२०७५ माघ ९ गते बाट सडक निर्माणको काम सुरु गरेको र २०७९ असार मसान्त सम्म काम सकिने दिनेश चन्द्र कालिका जेभीका कन्ट्रयाक्ट म्यानेजर किशोर देवकोटाले बताउनु भयो ।
कुल ९१ करोड १० लाख लागतमा निर्माण हुन लागेको कृष्णनगर चन्द्रौटा ४ लेन सडक निर्माणको हाल सम्म ३९ प्रतिशत मात्र सम्पन्न भएको निर्माण पक्षले जनाएको छ ।कोरोना महामारी संगै भएको लक डाउनले निर्माणकाम लाई प्रभावित पारेको भए पनि अब निर्माण कार्यले गति लिने देवकोटाले बताउनु भयो ।
सडक सुधार विकास आयोजना र एक्जिम बैंक भारत बीच सडक निर्माणका लागि भएको सम्झौता अनुसार यो सडक निर्माण सुरु भएको हो । सम्झौतापछि यो सडकखण्डको ठेक्का कालिका दिनेशचन्द्र जेभीले लिएको छ । कालिका नेपालको कन्ट्रक्सन हो भने दिनेश जेभी भारतीय हो । सडक निर्माणको ५१ प्रतिशत सामग्री भारतबाट आयात हुन्छ । चन्द्रौटा कृष्णनगर सडक खण्ड समयमा नै सम्पन्न भए र निर्माण हुदै गरेको समयमा सवारी हिड्ने सडकका खाल्डाखुल्डी पुरियो भने सवारी साधनमा हुने क्षति कम र यात्रुले सास्ती खेप्नु पर्दैन थियो कि ?

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

छुटाउनुभयो कि ? सबै
TOP

Developed By Kuldeep Sharma