Developed By Kuldeep Sharma

२ वर्ष अगाडि

केन्द्रको निर्णयअनुसार लुम्बिनी प्रदेशको गठबन्धन अगाडि बढ्छ : मुख्यमन्त्री केसी

रोल्पा – लुम्बिनी प्रदेशका मुख्यमन्त्री कुलप्रसाद केसीले केन्द्रको निर्णयअनुसार नै लुम्बिनी प्रदेशको गठबन्धन अगाडि बढ्ने बताउनुभएको छ ।

सञ्चारकर्मीहरुसँग आज शुक्रवार कुरा गर्दै मुख्यमन्त्री केसीले प्रदेश सरकारको नेतृत्वबारे केन्द्रबाटै निर्णय हुने स्पष्ट पार्नुभयो । ‘केन्द्रमा गठबन्धन बन्नुअघि नै लुम्बिनीले त्यसको सुरुवात गरेको हो’, उहाँले भन्नुभयो ।

गलतधारका विरुद्ध सही धार स्थापनाका लागि वाम लोकतान्त्रिक गठबन्धन बनेको मुख्यमन्त्री केसीको भनाइ थियो । नेपालमा गठबन्धन संस्कार निकै चुनौतीपूर्ण रहेको उल्लेख गर्दै उहाँले सचेततापूर्वक वर्तमान गठबन्धनलाई बचाउनुपर्नेमा जोड दिनुभयो ।

राष्ट्रिय सभा चुनावका लागि दाङ हुँदै गृह जिल्ला रोल्पा आउनुभएका मुख्यमन्त्री केसीले रोल्पा नगरपालिका ७ दारबोटमा निर्मित प्रहरी चौकी भवनको समेत उद्घाटन गर्नुभयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

TOP

Developed By Kuldeep Sharma