Developed By Kuldeep Sharma

२ वर्ष अगाडि

पर्यटकीय स्थल बन्दै नरपानी

अर्घाखाँची – नरपानी डाँडा चिसो हावा र चिसो पानीका लागि प्रसिद्ध छ । यहाँबाट धेरै हिमालसहित मनमोहक दृश्य देख्न पाइने हुँदा पर्यटकको सङ्ख्या पनि बढ्न थालेको छ ।

पहाडको मनोरम दृश्यले भरिपूर्ण नरपानीलाई प्रमुख पर्यटकीय स्थलको रूपमा विकास गर्न सन्धिखर्क नगरपालिका लागिपरेको छ । नरपानीमा गंगा सरोवर नामको पोखरीको मर्मत गरी डुङ्गा सञ्चालन तथा पर्यटकीय स्थलको रूपमा विकास गर्न पूर्वाधार निर्माणका काम भइरहेको सन्धिखर्क नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत नारायण अर्यालले बताउनुभयो ।

पिकनिक स्थलको रूपमा बिकसित हुँदै गएको यस क्षेत्रमा कपिलवस्तु, रुपन्देही, दाङ, नवलपरासी, बाँके र बर्दियाबाट पनि मानिसहरू आउने गर्छन् । शनिवारको दिन यहाँ २० भन्दा बढी समूहमा मानिसहरू आउने गरेका छन् ।

महेन्द्र राजमार्गको कपिलवस्तु–गोरुसिङ्गेबाट ५० किलोमिटरको दुरीमा नरपानी आउन सकिन्छ । गोरुसिङ्गे–सनिधखर्क सडकमा पर्ने यस क्षेत्रमा भारतीय पर्यटक पनि आउने गरेका स्थानीयवासी बताउँछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

TOP

Developed By Kuldeep Sharma