Developed By Kuldeep Sharma

२ वर्ष अगाडि

बुटवलमा मोटरसाइकलले ठक्कर दिँदा युवकको मृत्यु

बुटवल – बुटवल उपमहानगरपालिका–२ तिनाउ पुलमा जिपले मोटरसाइकललाई ठक्कर दिँदा एक युवकको मृत्यु भएको छ ।

शनिबार राति १२ बजे भएको उक्त दुर्घटनामा अर्घाखाँचीको सन्धिखर्क नगरपालिका–१ का ३० वर्षीय वासु आचार्यको मृत्यु भएको लुम्बिनी प्रदेश ट्राफिक प्रहरी कार्यालयले जनाएको छ ।

पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको बा१९च ९१५७ नंको जिपले विपरीततर्फ दिशाबाट आउँदै गरेको आचार्य सवार लु२४प २७५७ नंको मोटरसाइकललाई ठक्कर दिएको थियो ।

ठक्करबाट गम्भीर घाइते आचार्यको उपचारका क्रममा लुम्बिनी प्रादेशिक अस्पतालमा गए राति नै मृत्यु भएको प्रहरीले जनाएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

छुटाउनुभयो कि ? सबै
TOP

Developed By Kuldeep Sharma