Home आर्थिक शेयर बजार १६ अङ्कभन्दा धेरैले घट्यो, देखिएन चुनावको मिति घोषणाको उत्साह
आर्थिक

शेयर बजार १६ अङ्कभन्दा धेरैले घट्यो, देखिएन चुनावको मिति घोषणाको उत्साह

काठमाण्डाै – शेयर बजार परिसूचक नेप्से आज मङ्गलवार १६ अङ्कभन्दा धेरैले घटेको छ । नेप्से आज १६ दशमलव तीन अङ्कले घटेर दुई हजार आठ सय ३५ दशमलव ५८ विन्दुमा झरेको छ । 

आज व्यापार, होटल, निर्जीवन बीमा र उत्पादन समूहको शेयर बढे पनि अरू समूहको शेयर घटेको छ । एक करोड २० लाख ५३ हजार कित्ता शेयर ६ अर्ब २८ करोड ७२ लाख रुपैयाँमा कारोबार भएकाे छ । सबैभन्दा धेरै अरुण भ्याली हाइड्रोको ३५ करोड ८५ लाख रुपैयाँको शेयर किनबेच भएको छ । 

आज सबैभन्दा धेरै लिबर्टी हाइड्रोको शेयर ६ दशमलव २७ प्रतिशत र नेपाल हाइड्रो डेपलपर्सको शेयर पाँच दशमलव १८ प्रतिशतले घटेको छ । नेपाल इन्सोरेन्स कम्पनीको शेयर भने झन्डै चार अङ्कले बढेको छ । 

हिजाे सोमवार सरकारले स्थानीय तहको चुनावको मिति घोषणा गरेपछि शेयर बजार बढ्ने विश्लेषकहरूले अनुमान गरेका थिए । तर चुनावको मिति घोषणाको उत्साह भने बजारमा देखिएको छैन । यद्यपि कारोबार सङ्ख्या र रकम भने गएकाे आइतवारको तुलनामा बढेको छ । 

Facebook Comments Box
Shares

Author

मोफसल खबर