Developed By Kuldeep Sharma

२ वर्ष अगाडि

गौतमबुद्ध विमानस्थलमा फागुन ६ देखि १५ सम्म ‘क्यालिब्रेशन फ्लाइट’ हुने

काठमाण्डाै – भैरहवामा निर्माणाधीन गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा यही फागुन ६ गतेदेखि १५ गतेसम्म यान्त्रिक परीक्षण उडान (क्यालिब्रेशन फ्लाइट) हुने भएको छ । राष्ट्रिय गाैरवकाे आयोजनाका रूपमा रहेको याे विमानस्थलमा १० दिनसम्म याे उडान सञ्चालन हुन लागेको हो । 

प्राधिकरणले आज मङ्गलवार सार्वजनिक सूचना प्रकाशित गरी ‘क्यालिब्रेशन फ्लाइट’ हुन लागेको जानकारी दिएको हो ।   उडानको जिम्मेवारी एरोनटिकल रेडियो अफ थाइल्याण्ड (एरो थाई) ले पाएको छ । एरो थाईको जहाज फागुन ५ गते काठमाण्डाैमा रहेकाे त्रिभुवन अन्तर्राष्टिय विमानस्थलमा अवतरण गर्नेछ । काठमाण्डाैबाट भैरहवाका लागि उडान भरेर उडान गर्ने जनाइएको छ ।

गौतमबुद्ध विमानस्थलको भौतिक निर्माण तथा उपकरण जडानसम्बन्धी काम सम्पन्न भइसकेको छ । उडानका समयमा गौतमबुद्ध विमानस्थलमा उडान तथा अवतरण समय ढिलो हुने भएकाले सम्बन्धित वायु सेवा कम्पनी तथा यात्रुलाई पर्न गएको असुविधाप्रति प्राधिकरणले क्षमा मागेको छ । परीक्षण उडानपछि यो विमानस्थमा व्यावसायिक उडान गर्ने तयारी गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

TOP

Developed By Kuldeep Sharma