Developed By Kuldeep Sharma

२ वर्ष अगाडि

गौतमबुद्ध विमानस्थलमा परीक्षण उडान गर्ने जहाज काठमाण्डौ आइपुग्यो, आजै भैरहवा आउने

काठमाण्डाै – भैरहवाको गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा परीक्षण उडान गर्ने जहाज काठमाण्डौ आइपुगेको छ । एरोनटिकल रेडियो अफ थाइल्यान्ड (एरो थाई) को जहाज आज बिहीवार बङ्गलादेशको ढाका हुँदै काठमाण्डौ आइपुगेको हो ।

जहाज आजै बेलुकासम्म काठमाण्डौबाट भैरहवा जाने त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलले जनाएको छ । यो जहाजले भोलि शुक्रवारदेखि गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा ‘क्यालिब्रेशन फ्लाइट’ अर्थात् परीक्षण उडान गर्नेछ । जहाजले १० दिनसम्म विमानस्थलमा परीक्षण उडान गर्नेछ ।

परीक्षण उडानका क्रममा भैरहवामा हुने आन्तरिक उडान प्रभावित हुनेछ । बिहान १० देखि बेलुका पाँच बजेसम्म परीक्षण उडान हुने भएकाले त्यो समयमा आन्तरिक उडान ठप्प हुनेछन् । मौसमले साथ दिएमा बिहान १० बजेसम्म र बेलुका पाँच बजेपछि आन्तरिक उडान हुनेछन् । परीक्षण उडानका क्रममा उडानसँग सम्बन्धित सबै उपकरणको जाँच हुनेछ । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

TOP

Developed By Kuldeep Sharma