Developed By Kuldeep Sharma

२ वर्ष अगाडि

गौतमबुद्ध विमानस्थलमा परीक्षण उडान गर्ने जहाज आइपुग्यो, २ जेठदेखि व्यावसायिक उडान सुरु गरिने

बुटवल – गौतमबुद्ध अन्तराष्ट्रिय विमानस्थलको प्रविधि चेकजाँच गर्न एरो थाइको क्यालिव्रेशन गर्ने हवाइजहाज भैरहवा विमान स्थलमा आइ पुगेको छ । एरोनटिकल रेडियो अफ थाइल्यान्ड (एरो थाई) को जहाज आज बिहीवार बङ्गलादेशको ढाका हुँदै काठमाण्डौ आइपुगेको हो ।

यो जहाजले भोलि शुक्रवारदेखि गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा ’क्यालिब्रेशन फ्लाइट’ अर्थात् परीक्षण उडान गर्नेछ । जहाजले १० दिनसम्म विमानस्थलमा परीक्षण उडान गर्नेछ । परीक्षण उडानका क्रममा भैरहवामा हुने आन्तरिक उडान प्रभावित हुनेछ ।

बिहान १० देखि बेलुका पाँच बजेसम्म परीक्षण उडान हुने भएकाले त्यो समयमा आन्तरिक उडान ठप्प हुनेछन् ।
मौसमले साथ दिएमा बिहान १० बजेसम्म र बेलुका पाँच बजेपछि आन्तरिक उडान हुनेछन् । परीक्षण उडानका क्रममा उडानसँग सम्बन्धित सबै उपकरणको जाँच हुनेछ । भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट आगामी २ जेठ (बुद्ध पूर्णिमा) देखि व्यावसायिक उडान सुरु हुने भएको छ ।

नेपाल नागरिक उड्डयन प्राधिकरणले गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट व्यावसायिक उडान गर्ने मिति आगामी बुद्ध पूर्णिामाको दिनलाई तोकेको हो ।
प्राधिकरणका महानिर्देशक प्रदिप अधिकारीका अनुसार विमानस्थलको व्यावसायिक सञ्चालन गर्न एक समिति गठन गरिएको छ ।

सो समितिले तोकिएको समयमा व्यावसायिक उडान गर्नेगरी काम गर्न जिम्मेवारी दिएको उनले बताए । यो विमानस्थलमा शुक्रबारबाट क्यालिब्रेसन उडान सुरु हुँदैछ । क्यालिब्रेसन फ्लाइटका लागि बिहीबार मात्रै थाइल्याण्डबाट यरो थाइको जहाज नेपाल आइपुगेको छ । त्यसपछी परीक्षण उडान हुनेछ । परीक्षण उडानपछि व्यवसायीक उडानको तयारी गरिने उनको भनाइ छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

छुटाउनुभयो कि ? सबै
TOP

Developed By Kuldeep Sharma