Developed By Kuldeep Sharma

२ वर्ष अगाडि

गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा आजदेखि परीक्षण उडान : नियमित उडान बिहान बेलुकाबाहेक ठप्प

काठमाण्डाै – भैरहवाको गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा आजदेखि परीक्षण उडान अर्थात ‘क्यालिब्रेशन फ्लाइट’ सुरु हुँदैछ । परीक्षण उडानका क्रममा उडानसँग सम्बन्धित सबै उपकरणको जाँच हुनेछ ।

क्यालिब्रेशन फ्लाइट सुरु भएसँगै भैरहवा विमानस्थलको अरु उडान दिनभर ठप्प हुनेछ । निर्माणको अन्तिम चरणमा रहेको गौतमबुद्ध विमानस्थलको परीक्षणका लागि एरोनटिकल रेडियो अफ थाइल्यान्ड (एरो थाइ) ले उडान सुरु गर्ने नेपाल नागरिक उड्डयन प्राधिकरणले जनाएको छ ।

क्यालिब्रेशन फ्लाइटका क्रममा बिहान १० बजेदेखि बेलुका साढे पाँच बजेसम्म भैरहवा विमानस्थलको उडान पूर्णरुपमा ठप्प हुने प्राधिकरणका प्रवक्ता चन्द्रलाल कर्णले जानकारी दिनुभयो । भैरहवा विमानस्थलमा दैनिक २० वटासम्म उडान हुँदै आएको छ । अरु उडान बिहान र बेलुका हुनेछन् भने शनिवार क्यालिब्रेशन फ्लाइट नहुने भएकाले पुरानै तालिकाअनुसार उडान हुने प्राधिकरणले जनाएको छ ।

आउँदो फागुन १५ गतेसम्म क्यालिब्रेशन फ्लाइट हुनेछ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलपछि अन्तर्राष्ट्रिय उडान भर्ने गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल दोस्रो हुनेछ । सन् २०१७ डिसेम्बरभित्र निर्माण सक्नेगरी सन् २०१५ को सुरूमा निर्माण सुरु भएको विमानस्थल कोरोना महामारी र ठेकेदार कम्पनीको ढिलासुस्तीका कारण पाँच वर्ष लम्बिएको थियो ।

विमानस्थलमा ४५ मिटर चौडाइ र तीन हजार मिटर लामो धावनमार्ग छ । विमानस्थलमा व्यावसायिक उडान सुरु भएपछि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको चाप कम हुने प्राधिकरणले जनाएको छ । प्राधिकरणका अनुसार आउँदो जेठ दुई गते बुद्धजयन्तीदेखि विमानस्थलमा व्यावसायिक उडान सुरु गर्ने तयारी छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

TOP

Developed By Kuldeep Sharma