Developed By Kuldeep Sharma

२ वर्ष अगाडि

भारतमा ५६ जनाको ज्यान जाने गरी भएको विस्फोटका ३८ जना दोषीलाई मृत्युदण्डको फैसला

भारतको एक अदालतले गुजरात राज्यको अहमदाबादमा सन् २००८ मा भएका शृंखलाबद्ध बम विस्फाेटका ३८ जना दोषीलाई मृत्युदण्डको सजाय सुनाएको छ ।

विस्फाेट गराएको आरोपमा झण्डै ८० जना आरोपितमाथि मुद्दा चलाइएकोमा ३८ जनालाई अदालतले मृत्युदण्डको सजाय सुनाएको हो । सन् २००८ को २६ जुलाईमा भएका विस्फाेटमा ५६ जनाको ज्यान गएको थियो । ७० मिनेटको फरकमा भएका २१ ओटा विस्फाेटका घटनामा २ सय जना  भन्दा धेरै घाइते भएका थिए । घटनामा संलग्न रहेको अभियोगमा विशेष अदालतका न्यायाधीश एआर पटेलले अन्य ११ जना दोषीलाई आजीवन कारावासको सजाय सुनाउनुभएको छ ।  

यही ८ फेब्रुअरीमा गुजरातको एक अदालतले घटनामा ४९ जनालाई दोषी ठहर गर्दै २८ जनलाई सफाइ दिएको थियो ।  

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

TOP

Developed By Kuldeep Sharma