Developed By Kuldeep Sharma

४ वर्ष अगाडि

गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा वाइडवडीबाट परीक्षण उडान हुन्छ : मन्त्री आले

भैरहवा – संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री प्रेमबहादुर आलेले भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा नेपाल एयरलाइन्सको ध्वजावाहक विमान वाइडवडीबाट परीक्षण उडान गरिने बताएका छन् ।

क्यालिब्रेशन फ्लाइट सम्पन्न भइसकेपछि नेपाल एयरलाइन्सको ध्वजावाहक विमान परीक्षण उडान गर्ने योजना रहेको उनले बताए । आज विमानस्थलको निरीक्षण पश्चात पत्रकारहरूसँगको कुराकानीका क्रममा उनले भने, ‘क्यालिब्रेशन फ्लाइट सम्पन्न भइसकेपछि नेपाल एयरलाइन्सको ध्वजावाहक विमान परीक्षण उडान गर्ने योजना छ ।’

उनले फागुन १५ गतेसम्म क्यालिब्रेशन फ्लाइट हुन्छ भनेर डेडलाइन तोकिए पनि करिब ८–९ दिनअघि नै छिटो काम सुरु भएको बताए । उनले त्यसपछि नेपाल एअरलाइन्सको ध्वजाबाहक विमानबाट टेष्ट फ्लाइट गर्ने तयारी रहेको बताए । टेष्ट फ्लाइटपछि विमानस्थल उद्घाटनको तयारी गरिने उनले बताए । उनले क्यालिब्रेशन फ्लाइटको रिपोर्ट आइसकेपछि वैशाख १ गते ‘न्यू इअर विथ न्यू एअरपोर्ट’ को शुभारम्भ गरिने बताए ।

अब बुद्ध जयन्तीमा विभिन्न देशका बौद्ध धर्मावलम्बीहरु गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल आउने उनकोे भनाइ रहेको छ ।विगतमा ५६ दिनमा क्यालिब्रेशन फ्लाइटको रिपोर्ट आउने भएपनि अहिले अलि छिटै आउने बताए । उनले भने, ‘त्यसका लागि अहोरात्र खटेर काम गर्न आयोजना तथा एरो थाइ कम्पनीका प्रोजेक्ट म्यानेजर तथा नेपालका प्रतिनिधिलाई अनुरोध गरेको छु ।’ उनले विमानस्थलको टर्मिनल भवन टी–२० को लागि अर्थमन्त्रीसँग कुरा भएको उनले जानकारी दिए । टी–२ को लागि छिट्टै टेण्डर प्रक्रियामा अगाडी बढ्ने उनले भनाई रहेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

TOP

Developed By Kuldeep Sharma