Developed By Kuldeep Sharma

४ वर्ष अगाडि

लुम्बिनी प्रदेश सरकारले गर्‍यो विभिन्न अस्पतालमा नियुक्ति

बुटवल – लुम्बिनी प्रदेश सरकारले प्रदेशका अस्पतालहरुमा विकास समिति अध्यक्ष र खेलकुद परिषद्मा पदाधिकारी नियुक्ति गरेको छ ।

आइतबार बसेको मन्त्रिपरिषद वैठकले लुम्बिनी र राप्ती प्रादेशिक अस्पताल वाहेकका जिल्ला र आयुर्वेद अस्पताल तथा खेलकुद परिषदमा सदस्यहरु नियुक्त गर्ने निर्णय गरेको सरकारका प्रवक्ता एवं आन्तरिक मामिला तथा सञ्चार मन्त्री तिलकराम शर्माले बताए ।

प्रवक्ता शर्माका अनुसार रुकुम पूर्व अस्पतालमा गणेश ओली, गुल्मी अस्पतालमा भरत पाण्डे, बर्दिया अस्पतालमा नारायण गौतम, रोल्पा अस्पतालमा फविन्द्र आचार्य, पाल्पा अस्पतालमा नेत्र पाण्डे, बर्दिया आयुर्वेद अस्पतालमा कृष्णप्रसाद अहिर, पृथ्वीचन्द्र अस्पताल नवलपरासी पश्चिममा महेन्द्र गुप्ता, अर्घाखाँची अस्पतालमा कृष्णप्रसाद खनाल, कपिलवस्तु अस्पतालमा शिवलाल यादव नियुक्त भएका छन् ।

यस्तै गुल्मी आयुर्वेद स्वास्थ्य केन्द्रमा धर्मराज पाण्डे, कपिलवस्तु आयुर्वेद अस्पतालमा विष्णुप्रसाद पाण्डे, पाल्पा आयुर्वेद स्वास्थ्य केन्द्रमा कलम रायमाझी, रामपुर अस्पताल पाल्पामा रामप्रसाद ढकाल, प्यूठान अस्पतालमा पितबहादुर महरा क्षेत्री, प्रादेशिक आयुर्वेद चिकित्सालय विजौरी दाङमा विष्णुप्रसाद आचार्य, प्यूठान अस्पतालमा चन्द्रप्रसाद श्रेष्ठ, भिम अस्ताल भैरहवामा कुलप्रसाद न्यौपाने र रोल्पा आयुर्वेद अस्पतालमा झक्कु प्रसाद न्यौपानेलाई नियुक्त गरेको छ ।

यसैगरी प्रदेश खेलकुद परिषद्का सदस्यमा रुपन्देहीका जयप्रकाश भट्टराई, कोशिस बहादुर खड्का, अर्जुन घिमिरे, सलामुद्दीन अन्सारी, राजकुमार पाण्डे, पाल्पाका निरोज मास्के, अच्युत पाण्डेय, नवलपरासी पश्चिम नाथु सिंह, प्यूठानका बरुणध्वज मल्ल, अर्घाखाँचीका कृष्णबहादुर सारु, रोल्पाका हरिबहादुर वली, बर्दियाका नरेन्द्र शर्मा, बाँकेका नरेन्द्र थापा, दाङका टेकबहादुर विश्वकर्मा, रुकम पूर्वका दुतबहादुर पुनमगर, गुल्मीका भरत थापालाई नियुक्त गरेको छ ।

मन्त्रिपरिषद्को बैकठले लुम्बिनी प्रदेश सहकारी ९दोस्रो संशोधन० नियामावली २०७८,सहकारी तथा गरिबी निवारण कार्यविधि र मदरसा शिक्षा व्यवस्थापन कार्यविधि २०७६ को पहिलो संशोधन स्वीकृत गरेको सरकारका प्रवक्ता तिलकराम शर्माले बताए ।

यस्तै मन्त्रिपरिषदको बैठकले प्रदेशको स्थायी राजधानी निर्माणको कामलाई थप प्रभावकारी एवं तिव्रता दिन राजधानी निर्माण आयोजना कार्यान्वयन इकाइ स्थापना गर्ने निर्णय गरेको मुख्यमन्त्रीका प्रेस संयोजक मानसिंह विश्वकर्माले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

TOP

Developed By Kuldeep Sharma