Home flash, सामाजिक पाण्डेको जन्मदिनमा २ सय विद्यार्थीलाई झोला
flashसामाजिक

पाण्डेको जन्मदिनमा २ सय विद्यार्थीलाई झोला

चन्द्रौटा,१८ फागुन
कपिलवस्तुको शिवराज नगरपालिका वडा न ३ निवासी इश्वरी प्रसाद पाण्डेले आफ्नो जन्मदिनको अवसरमा बालवालिकालाई स्कुल झोला वितरण गर्नु भएको छ । उहाँले आफ्नो ५७ औं जन्म उत्सवको अवसरमा शिवराज नगरपालिका वडा न ८ मा रहेको लक्ष्मणपुर आधारभुत विद्यालयमा अध्यानरत कक्षा ५ कक्षा सम्मका २ सय ६ जना बालवालिकालाई झोला वितरण गर्नु भएको हो । धर्मपत्नी सहित विद्यालयमा पुग्नुभएका पाण्डेले झोला सहयोग गरेपछि विद्यार्थीहरु खुसि भएका छन् । जन्मदिनको अवसरमा फजुल खर्च नगरि प्रत्येक वर्ष बालवालिकाहरुलाई सहयोग गर्दैै आएको पाण्डेले बताउनुभयो ।
आफुले अध्यायन गर्दा परेका समस्याहरु स्मरण गर्दै पाण्डेले वर्षेनी विपन्न बालवालिकालाई सहयोग गरेको बताउनुभयो । “मैले धेरै दुखका साथ अध्यायन गरेको हु, त्यसबेलाको पिडालाई सचेर अहिले विद्यार्थीहरुलाई सहयोग गरेको छु”पाण्डेले भन्नुभयो, “विगतमा चन्द्रौटा क्षेत्रमा राम्रो विद्यालय नहुँदा अग्रसर भएर विद्यालय संचालन गरेको छु । विद्यालयमा आयोजित झोला वितरण कार्यक्रममा बोल्दै शिवराज नगरपालिका वडा ८ का वडा अध्यक्ष शंकर अहिरले पाण्डेले विद्यार्थी प्रति गरेको लगानिले विद्यार्थीहरुलाई शिक्षण आर्जनमा थप प्रेरणा मिल्ने बताउनुभयो ।
कार्यक्रममा बासुदेव जम्मरकट्टेलले समाज परिवर्तन गर्न शिक्षामा गुणस्तरीयता हुनुपर्ने बताउनुभयो । भौतिक संरचना सगै शैक्षिक गुणस्तरीयता नभएमा विद्यार्थीहरुको भविष्य सनिश्चित नहुने भन्दै यसमा सबैले सहयोग गर्नुपर्ने बताउनुभयो ।
विद्यालयका प्रधानाध्यापक हकीम मुसलमानले निजि क्षेत्र वाट पहिलो पटक विद्यालयलाई सहयोग आएको बताउनुभयो । शिक्षण पेशमा लागेको ३३ वर्ष पुग्दाको अनुभव सुनाउँदै अहिले सम्म विद्यालयलाई निजि क्षेत्रवाट सहयोग नभएको जिकिर गर्नुभयो । जन्मदिनमा ठुल–ठुला होटेलमा गएर धेरै पैसा खर्च गर्नेहरुले इश्वरी पाण्डे बाट केहि सिक्नुपर्ने भन्दै झोला सहयोगको लागि धन्यवाद दिनुभयो । पाण्डेले नेपालाी काग्रेसका जिल्ला सदस्य,चन्द्रौटा उद्योग वाणिज्य संघका वरिष्ठ उपाध्यक्ष लगाएत विभिन्न संघ संस्थामा आवद्ध हुनुहुन्छ ।

Facebook Comments Box
Shares

Author

मोफसल खबर