Developed By Kuldeep Sharma

२ वर्ष अगाडि

सुन ताेलाकाे १ लाख पुग्न १ सय रुपैयाँ बाँकी

काठमाण्डाै – सुनको भाउ आज शुक्रवार तोलामा नाै सय रुपैयाँले बढेको छ । कारोबार हुने हप्ताको अन्तिम दिन आज सुन तोलामा नाै सय रुपैयाँले बढेर तोलाको ९९ हजार नाै सय रुपैयाँ पुगेको छ ।

सुन हिजो बिहीवार तोलाको ९९ हजार रुपैयाँमा कारोबार भएको थियो । अस्ति बुधवार सुनको भाउ तोलामा १९ सय रुपैयाँले बढेर ९९ हजार पाँच सय रुपैयाँमा पुगेको थियो । तर हिजो तोलामा पाँच सय रुपैयाँले घटेको थियो ।

आज चाँदीको भाउ घटबढ भएको छैन । चाँदी तोलाको १३ सय ८० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । महासङ्घका अनुसार रुस–युक्रेन युद्धको प्रभावका कारण अन्तर्राष्ट्रिय बजारमा सुनको भाउ बढेको छ । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

छुटाउनुभयो कि ? सबै
TOP

Developed By Kuldeep Sharma