Developed By Kuldeep Sharma

२ वर्ष अगाडि

सात महिनामा साढे ११ खर्ब बाहिरियो, व्यापार घाटा १० खर्ब १५ अर्ब

काठमाडौँ – चालू आर्थिक वर्षको साउदेखि माघसम्म वस्तु आयातमै देशबाट ११ खर्ब ४७ अर्ब ४६ करोड रुपैयाँ बाहिरिएको छ । अघिल्लो आर्थिक वर्षको सोही अवधिभन्दा पछिल्लो अवधिमा वस्तु आयात ४२.७९ प्रतिशतले बढेको हो ।

नेपाल राष्ट्र बैंकले आज चालू आर्थिक वर्षको पहिलो सात महिनाको आर्थिक तथा वित्तीय स्थिति तथ्याङ्क सार्वजनिक गर्दै यस्तो जानकारी दिएको हो । सात महिनामा कूल वस्तु आयात ४२.८ प्रतिशत वृद्धि भएको बैंकले जनाएको छ । अघिल्लो वर्षको सोही अवधिमा आयात वृद्धि नगन्य अर्थात् ०.०१ प्रतिशतमात्रै बढेको थियो ।

वस्तु आयात गरिने मुलुकका आधारमा भारत, चीन तथा अन्य मुलुकबाट भएको आयात क्रमशः ३०.९ प्रतिशत, ४२.३ प्रतिशत र ८३.८ प्रतिशतले वृद्धि भएको छ । वस्तुगत आधारमा पेट्रोलियम पदार्थ, औषधी, कच्चा पाम तेल, कच्चा सोयाबिन तेल, यातायातका साधन तथा पार्टपुर्जा लगायतका वस्तुको आयात बढेको छ भने एमएस बिलेट, रासायनिक मल, सिमेन्ट, दाल, मोलासिस सुगर लगायत वस्तु आयात घटेको छ ।

यो अवधिमा नेपालबाट हुने निर्यात पनि बढेको छ । निर्यात ८८.३ प्रतिशतले वृद्धि भई १ खर्ब ३१ अर्ब ६६ करोड रुपैयाँ पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो निर्यात ७.६ प्रतिशतले वृद्धि भएको थियो । गन्तव्यका आधारमा भारत तथा अन्य मुलुकतर्फ निर्यात क्रमशः ११३ र २७७ प्रतिशतले वृद्धि भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

TOP

Developed By Kuldeep Sharma