Developed By Kuldeep Sharma

२ वर्ष अगाडि

बैद्धिक व्यक्तित्व पौडेलको वार्ड अध्यक्षमा चर्चा

कपिलवस्तु – स्थानिय निर्वाचनको मिति नजिकिदै गर्दा स्थानिय तहमा कस्तो खालको प्रतिनिधिले उमेद्धारी पाउलान भन्ने विषय चासोको रुपमा हेरीएको छ । कहि कतै राम्रो सगँ लेखपढ गर्न समेत नसक्ने जनप्रथिनिधि पैसा र पावरको भरमा चुनाव जितेको विगतका चुनावमा देखेकै हो । यसै विषयलाई ध्यानमा राखेर जनताले यसपालि शैक्षिक र वौद्यिक व्यक्तिलाई चुनाव जिताउनु पर्ने कुरा चिया पसलदेखि चोकका गल्लीहरुमा सुन्न पाइन्छ ।

यसैविच पछिल्लो समय शिवराज नगरपालिका वडा नं ५ मा भने युवा एवम स्नातकोत्तर मास्टर डिग्री गरी विगत लामो समयदेखि राजनिति तथा समाजिक कार्यमा अग्रसर युवा नेता सरोज पौडेलको वडा अध्यक्षमा उमेद्धारीको चर्चाले राजतितिक माहोल नै ताएको छ । २०६१ सालमा अनेरास्वियुको जिल्ला सदस्य बाट राजनितिक यात्रा सुरु गर्नुभएका पौडेल केहि समय शिक्षण पेशामा समेत संलग्न रहेर सुन्दरी डाडाँमा रहेको विद्यालयमा उच्च माध्यमिक तहमा अध्यापन गराउनुभएका पौडेल हाल नेकपा एकिकृत समाजबादीको जिल्ला सचिबालय सदस्य तथा शिवराज नगर कमिटि अध्यक्ष हुनुहुन्छ ।

जनताको भरोसाका केन्द्रिको रुपमा हेरीएका पौडेललाई युवाहरुको पुर्ण साथ देखिएकोले पनि चुनाव जित्ने निश्चित जस्तै देखिनछ । युवाहरुको फेसबुक स्टाटस र कुराहरुका आधारमा युवा व्यक्तित्व पौडेलको चर्चा सुन्न पाईनछ ।

अहिलोको चुनावमा युवादेखि वृद्धहरु पनि हाम्रो भन्दा पनि राम्रोलाई भोट आल्लनुपर्छ भन्ने कुरा सुन्न पाईन्छ यसले पनि सबैको मनमा बस्न सफल सहयोगि भावना भएका पौडेलको चर्चा चल्नु स्वाभाविक नै हो । अन्य दलहरु एमाले तथा कांग्रेसहरुसगँ उमेद्धारहरु धेरै भएपनि युवाहरुका आर्कषका केन्द्र मानिएका पौडेल वडा अध्यक्ष पदमा हेविवेटका उमेद्धारका रुपमा देखिनुभएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

TOP

Developed By Kuldeep Sharma