Developed By Kuldeep Sharma

४ वर्ष अगाडि

लुम्बिनीमा एमालेविरुद्ध नेकपा एसविहीन गठबन्धन

रूपन्देही- लुम्बिनी प्रदेशमा सत्ता गठबन्धन दलको बैठकमा नेकपा एसको सहभागिता नभएको विज्ञप्ति बाहिर आएको छ ।पाँचै दल क्रियाशील रहेको लुम्बिनीमा नेकपा एसको सहभागितबिना अन्य दलको हस्ताक्षरसहितको गठबन्धन गर्ने निर्णय बाहिर आएपछि चर्चाको विषय बनेको छ ।

नेपाली कांग्रेसका प्रदेश सभापति अमरसिंह पुनले नेकपा एसको बैठकमा सहभागिता नभएको बताउनु भयो । नेकपा एसका केन्द्रीय सदस्य सिद्विचरण भट्टराईले ढिला सूचना भएको, प्रदेश अध्यक्ष मेटमणि चौधरी काठमाडौंमा रहेको र अरूको अन्य बैठक भएकाले जान नभ्याएको दाबी गर्नु भयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

TOP

Developed By Kuldeep Sharma