Developed By Kuldeep Sharma

२ वर्ष अगाडि

शहबाज शरीफ पाकिस्तानका २३ औँ प्रधानमन्त्री निर्वाचित

पाकिस्तान मुस्लिम लिग (नवाज) का नेता शहबाज शरीफ पाकिस्तानकाे नयाँ प्रधानमन्त्री निर्वाचित हुनुभएकाे छ । उहाँ पूर्वप्रधानमन्त्री नवाज शरीफका भाइ पनि हुनुहुन्छ । 

प्रधानमन्त्री पदका लागि शहबाज शरीफ पाकिस्तानकाे संयुक्त विपक्षकाे साझा उम्मेदवार हुनुहुन्थ्याे । आज साेमवार नेशनल असेम्बलीमा भएकाे विश्वासकाे मत प्रस्तावमा उहाँले एक सय ७४ मत प्राप्त गर्नुभयाे । यस्तै पाकिस्तान तेहरिक ए इन्साफ (पीटीआई) पार्टीका उम्मेदवार शाह महमुद कुरेशीले एक मत पनि पाउनुभएन । 

यसअघि नेशनल असेम्बली सुरु हुनुबित्तिकै इमरान खानसहित पीटीआई पार्टीका सदस्यहरूले त्यहाँको संसदको तल्लो सदन (नेशनल असेम्बली) बाट राजीनामा घोषणा गरेका थिए ।

इमरान खानले अमेरिकी षड्यन्त्रका कारण आफूलाई सत्ताबाट हटाइएकाे दाबी गर्नुभएकाे छ ।  

हिजाे आइतवार नेशनल असेम्बलीमा अविश्वास प्रस्ताव पारित भएपछि पदमुक्त हुनुभएका इमरान खानकाे ठाउँमा शहबाज शरीफ देशकाे २३ औँ प्रधानमन्त्री हुनुभएकाे हाे । 

शहबाज शरीफमाथि लेनदेनसँग जाेडिएकाे एउटा मुद्दा चलिरहेकाे छ र यसकाे सुनुवाई अप्रिल २७ मा हुने तय भएकाे छ । यसैबीच अदालतले उहाँलाई अप्रिल २७ सम्म पक्राउ गर्नका लागि राेक लगाएकाे छ । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

TOP

Developed By Kuldeep Sharma