Developed By Kuldeep Sharma

४ वर्ष अगाडि

२० हजार रुसी सेनाको मृत्यु भएको युक्रेनी राष्ट्रपतिको दाबी

काठमाडौं – युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले युद्धमा रुसी सेनाको ठूलो क्षती भएको बताएका छन् ।

जेलेन्स्कीले सीएनएनलाई दिएको जानकारीलाई मान्ने हो भने युद्धमा १९ हजारदेखि २० हजार रुसी सेनाको मृत्यु भएको छ । तर, मस्कोले भने १३५१ जना रुसी सेनाको मृत्यु भएको तथ्यांक राखेको छ ।

यस्तै युद्धमा २५०० देखि तीन हजार युक्रेनी सेनाको मृत्यु भएको राष्ट्रपति जेलेन्स्कीले बताएका छन् ।

उनले सीएनएनलाई दिएको जानकारी अनुसार १० हजार सेना घाइते भएका छन् । उनले सिएनएनसँग भनेका छन्, ‘करिब १०,००० घाइते भएका छन् र जीवित रहन्छन् भन्न गाह्रो छ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

TOP

Developed By Kuldeep Sharma