Developed By Kuldeep Sharma

२ वर्ष अगाडि

आशा संजालको अध्यक्षमा यादव

नगरस्तरीय आशा सञ्जाल गठन भएको छ रिना यादवको अध्यक्षतामा १५ जनाको सदस्यको मुल समुह गठन भएको छ । जसमा उपाध्यक्ष गणेश पासी सचिवमा समिर अहमद सहसचिवमा गुञ्जा थारु कोषाध्यक्षमा जुलि चौधरी सदस्यमा लालमति यादव,सुमन धोवि,पँकज धोवि,कमल गिरी,जानकी पाल,हसिना थारु,रेखा बरई,उर्मीला चौधरी,सागर थारु र पुर्णिमा सुनारको मुल समिति बनेको छ भने चार ओटा उपसमिति बनेको छ किर्डाक नेपालको आयोजनामा स्ट्रोम फाउन्डेशनको आर्थिक सहयोगमा नगरस्तरीय आशा सञ्जाल गठन भएको छ ।

कार्यक्रममा शिवराज नगरपालिका नगर प्रमुख नेत्रराज अधिकारीले किर्डाक नेपालले स्थानिय सरकार सगं समन्वय गर्दै स्थानिय सरकारले गर्न नसकेका काम गर्दै बालबालिकाको क्षेत्रमा लगायत अन्य क्षेत्रमा काम गदै आएको बताउनु भयो । नगरस्तरीय आशा सञ्जालले आगमि दिनमा नगरमा हुने बिभिन्न क्रियाकलापको निगरानि गदै सकारात्म मुद्धामा बहस गर्न सक्नु पर्न बताउनु भयो । शिवराज नगरपालिका उपप्रमुख शिवकुमारी थारुले सम्पुर्ण वडालाई समेटेर समाज रुपान्तरणमा ठुलो योगदान पुराएको बताउनु भयो ।

नयाँ गठन समुहलाई बधाइ दिदै सञ्जालले बालबालिका महिला किसोरकिसोरीका मुद्धा पत्ता लगाइ बहस गर्न सक्ने समाजमा भएका हरेक कामको निगरानि गर्दै अगाडि बढ्नु पर्न बताउनु भयो । यस्तै किर्डाक नेपालका जिल्ला संयोजक कृष्ण रावलले बिगत चार वर्ष देखि बिभिन्न संवाद सञ्जाल समुह ,नेटर्वक गठन गदै बिभिन्न मुद्धामा रहेर काम गर्दै आएको बताउदै अहिले शिवराजका सम्पुर्ण वडामा सन्चालनमा आएको बतादै वडा स्तरीय आशा सञ्जाल बाट अहिले नगरस्तरीय आशा सञ्जालले आगमदिनमा समाजमा हुने सबै प्रकार बिकासका मुद्धा बिभिन्न सवालमा रहेर बहस गर्न सक्ने क्षमता बिकास गराउने उदेश्य सञ्जालको रहेको बताउनु भयो ।

यस्तै शिवराजका वडाअध्यक्ष लक्ष्मि मिश्र ,अर्जुन बहादरु पान्डे,राम बहादुर चौधरी र जगत बहादुर घर्ति क्षेत्रिलगायतले समाज परिवर्तन हुनको लागि मानिस परिवर्त हुन आवश्यक किर्डाक नेपाल यसको लागि महत्वपुर्ण भुमिका निर्वाह गर्दै समाजमा हुने सबै प्रकारका बिषयमा काम गर्दै आएको बताउदै अबको नगरस्तरीय आशा सञ्जालको माध्यमबाट नगरमा पनि बिभिन्न सवालमा रहेर काम गर्दै जानु पर्ने बताउनु भयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

TOP

Developed By Kuldeep Sharma