Developed By Kuldeep Sharma

२ वर्ष अगाडि

पत्रकारीतावाट राजनीती तर्फ , को हुन राजु खराल

        कपिलवस्तुको शिवराज नगरपालीका वडा न ३ भितरीया गांउमा जन्मिएका राजु खराल पेशाले पत्रकार हुन । झण्डै डेढ दशक क्रियाशिल पत्रकारीता गरेका खराल पत्रकारीताको यात्रालाई विट मार्दै चुनावी प्रतिष्पर्दामा उत्रीएका छन । आउने वैशाख ३० गते हुने स्थानीय तहको निवार्चनमा शिवराज नगरपालीका वडा न ३ वाट वडा अध्यक्ष पदमा नेपाली कांग्रेस पार्टिवाट उनले उम्मेदावारी दिएका हुन । झण्डै १८ वर्ष कपिलवस्तु जिल्लामा पत्रकारीता गरेका खरालको उम्मेदावरीले शिवराज ३ मा नंया आशा दिलाएको छ । 
पत्रकारीता पेशामा हुंदा खरालले नागरिक माथि हुने अन्याय र नागरिकले सहज र सरभसुलभ शेवा पाउनुपर्ने अडानमा पत्रकारीता गर्दै आएका छन । जिल्लाको क्षेत्र न ३ मा संचारको जग वसाल्न मुख्य भुमिका निर्वाह गरेका खरालको पहलमा नै कपिलवस्तु जिल्लाको पश्चिमी क्षेत्रवाट पहिलो संचारमाध्यमको रुपमा सामुदायिक रेडियो समानताको स्थापना र संचालन भएको हो । सोहि रेडियोमा स्टेशन म्यानेजर हुदै हाल अध्यक्ष रहेका खरालले दर्जनौ पत्रकारीताका विधार्थीलाई प्रशिक्षीत गर्दै संचारकर्मलाई अगाडी वढाएका थिए ।
 सामुदायिक रेडियो प्रसारक संघ लुम्विनी प्रदेशका अध्यक्ष समेत रहेका खरालले विकास निर्माण ,स्वाथ्य शिक्षा , र सामाज हुने विभेदका विरुद्ध कलम चलाउन सधै सुझाव व्यतm गर्दै आएका छन । २०७४ सालको स्थानीय तहको निर्वाचनमा उम्मेदावरी दिने तयारी गरेका खरालले त्यतीवेला परिस्थीती फरक भएपछि उम्मेदावरी नदिएको वताएका थिए । तर त्यसको ठिक पांच वर्ष पछि वैशाख ३० मा हुन लागेको स्थानीय तहको निर्वाचनमा नेपाली कांग्रेसले शिवराज नगरपालीका वडा न ३ वाट उम्मेदावर वनाएको छ । 
स्थानीय जनताको जनजीवन राम्रो संग वुझेका खरालको जितले शिवराज ३ मा नंयापन आउनेमा आफुहरु विश्वस्त रहेको स्थानीय वासिहरुको वुझाई रहेको छ । हरेक नागरिकलाई शेवा प्रवाहमा सहज हुने ढङगले कृषि ,पशुपालन, पर्यटन , विकास निर्माण र नागरिकको प्रत्क्षय जनजीवनमा परिर्वतन हुने खालका योजना लिएर जनताको घरघरमा पुगेको उनले वताएका छन ।
 शिवराज नगरपालीकाको पर्यटकीय गन्तवमा पर्न सफल सोनवागढलाई उत्खन , प्राचिन सभ्यताको संरक्षण र विकासमा महत्वपुर्ण भुमिका निर्वाह गरेका खरालको उम्मेदावरीले वडा न ३ को पर्यटकीय विकासमा महत्वपुर्ण टेवा पुग्ने आम सर्वसाधरणको विश्वास रहेको छ । चुनावी प्रतिस्पर्दामा घरदैलो अभियानमा लागेका खरालले आफुले निर्वाचन जित्ने पुर्ण विश्वस्त रहन आग्रह समेत गरेका छन । जनतावाट अनोमोदीत भए वडा न ३ लाई कृषि र पर्यटनको हव वनाउने उनको योजना रहको वताएका छन । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

TOP

Developed By Kuldeep Sharma