Developed By Kuldeep Sharma

४ वर्ष अगाडि

बेलायतद्वारा युक्रेनलाई तीन अर्ब ७६ करोड अमेरिकी डलर बराबरको सहयोग घोषणा

काठमाण्डाै – बेलायतले युक्रेनलाई तीन अर्ब ७६ करोड अमेरिकी डलर सहयोगको घोषणा गरेको छ । बेलायतका प्रधानमन्त्री बोरिस जोनसनले युक्रेनको संसदलाई सम्बोधन गरी सहयोगको घोषणा गर्नुभएको हो ।

रुसले निरन्तर आक्रमण गरेपछि सहयोगको अपिल गरिरहेको युक्रेनलाई बेलायतले यसअघि नै सहयोग गर्ने आश्वासन दिएको थियो । बेलायतले अहिले घोषणा गरेको सहयोग सैन्य सहयोग रहेको एएफपीले जनाएको छ । बेलायतका प्रधानमन्त्री जोनसनले युक्रेनको संसदलाई अनलाइन माध्यमबाट झण्डै एक घण्टा सम्बोधन गर्नुभएको थियो । युक्रेनको भेर्खोभना राडामा रुसले आक्रमण गरेपछि यो पहिलो विदेशी नेताको सम्बोधन हो । युक्रेनमाथि रुसले आक्रमण गर्दा बेलायतले सुरुमै विरोध गरी युक्रेनको पक्ष लिएको थियो ।        

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

TOP

Developed By Kuldeep Sharma