Developed By Kuldeep Sharma

२ वर्ष अगाडि

युक्रेनको मारिउपोल सहरमा रुसको लगातार आक्रमण

युक्रेनको मारिऊपोल सहरको आफ्नो कब्जामा रहेको अन्तिम क्षेत्र एजोभस्टाल स्टिल उद्योगमा रुसले निरन्तर आक्रमण गरेको छ ।

उद्योगभित्र रहेका युक्रेनी सुरक्षा कमान्डरले आफूहरुले कठिन लडाइँ लडिरहेको बताएका छन् । कमान्डर डेनिस प्रोकोपेन्कोले अवस्था निकै कठिन रहेको बताउनुभएको छ ।

निरन्तरको आक्रमणसँगै रुसी फौज उद्योग क्षेत्रमा प्रवेश गरेको विवरण आएको तर यसबारेमा आधिकारिक पुष्टि गर्न नसकेको बीबीसीले उल्लेख गरेको छ । बालबालिकासहित झन्डै दुई सय नागरिक उद्योगभित्र आश्रय लिएर बसेको अनुमान छ ।

युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले उद्योगभित्र बाँकी रहेका मानिसको जीवनरक्षाका लागि सहायता गर्न संयुक्त राष्ट्र सङ्घलाई थप अपिल गर्नुभएको छ । यसैहप्ताको सुरुमा त्यहाँ रहेको एक सय जनाभन्दा धेरैको उद्धार गरिएको थियो ।

मारिऊपोल सहर अहिलेसम्म युक्रेनकै नियन्त्रणमा छ । रुसले एजोभस्टाल स्टिल उद्योगबाट नागरिकको उद्धार गरेर लैजान दिनेगरी युद्धविरामको कार्यान्वयन गर्ने जनाएको छ । उद्योगबाहिरको बाटो तीन दिन दैनिक १२ घण्टासम्म खुलाउने रुसी पक्षको भनाइ छ । यो समयमा रुसी फौजले त्यहाँ गतिविधि नगर्ने खबरमा उल्लेख छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

TOP

Developed By Kuldeep Sharma