Developed By Kuldeep Sharma

२ वर्ष अगाडि

रुसले युक्रेनमा आक्रमण थालेको सय दिन पुग्यो

रुसले युक्रेनमा आक्रमण थालेको आज सय दिन पुगेको छ । रुसले गएको फेब्रुअरी २४ तारिख अर्थात फागुन १२ गतेदेखि युक्रेनमा आक्रमण सुरु गरेको थियो । रुसी सेनाले युक्रेनमा जल, थल र आकास तीन तिरबाटै आक्रमण गर्दै आएको छ ।

रुसले लामो समयदेखि युरोपेली सङ्घ र पश्चिमी देशहरूको रक्षात्मक सैन्य गठबन्धन नेटोतर्फ युक्रेनले बढाएको कदमको विरोध गर्दै आएको छ । ४ करोड ४० लाख जनसङ्ख्या भएको युरोपेली देश युक्रेनमा अहिलेसम्म हजारौँ मानिसको ज्यान गएको छ भने लाखौँ नागरिक विस्थापित भएका छन् ।

संयुक्त राष्ट्र सङ्घका अनुसार झण्डै डेढ करोड युक्रेनी घर छाड्न बाध्य भएकोमा ६८ लाखले देश नै छाडेर विस्थापित भएका छन् । भौतिक संरचना पनि ध्वस्त भएका छन् । युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले आफ्नो देशको २० प्रतिशत भू–भाग रुसी फौजको नियन्त्रणमा पुगेको बताउनुभएको छ । उहाँका अनुसार यो भू–भाग बेल्जियम, लक्जम्बर्ग र नेदरल्याण्ड्सको कुल क्षेत्रफल भन्दा धेरै हो ।

जेलेन्स्कीले झण्डै १ लाख २५ हजार वर्ग किलोमिटर क्षेत्र मस्कोको हातमा पुगेको पछिल्लो जानकारी गराउनुभएको हो । त्यसमा सन् २०१४ मै रुसले कब्जा गरेका क्राइमिया र पूर्वी युक्रेनका केही भाग समेत समावेश गरिएको छ । यतिखेर सेभेरोडोनेट्स्क सहरमा लडाइँ तीव्र छ ।

युक्रेनले युद्धमा ३० हजारभन्दा धेरै रुसी सैनिकको ज्यान गएको दाबी गरेको छ भने रुसले खण्डन गरी आफ्ना १ हजार ३ सय सेनाको ज्यान गएको बताएको छ। 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

छुटाउनुभयो कि ? सबै
TOP

Developed By Kuldeep Sharma