Developed By Kuldeep Sharma

२ वर्ष अगाडि

शिवराजमा प्राथमिक उपचार सम्बन्धि ३ दिने तालिम


मोफसल खबर
जेठ २८
कपिलवस्तुको शिवराज नगरपाकिमा प्राथमिक उपचार सम्बन्धि ३ दिने तालिम संचालन गरिएको छ । शिवराज नगरपालिकाको आयोजना र युनिसेफको सहयोगमा नगरका ११ वटा विद्यालयका फोकल पर्सन र बाल क्लबका पदाधिकारीहरुलाई प्राथमिक उपचार सम्बन्धी तालिम प्रदान गरिएको हो ।
विद्यालयमा अचानक हुने दुर्घटनमा कसरी प्राथमिक उपचार गर्ने भन्ने विषयमा फोकल पर्सन र बाल क्लबका पदाधिकारीलाई तालिम मार्फत सिकाइएको शिवराज स्वास्थ्य शाखा प्रमुख चुडामण्ी भट्टराईले बताउनु भयो । तालिम पश्चात प्रशिक्षार्थीले प्राथमिक चरणका उपचार सम्बन्धी सिप सिकेर व्यवहारमा प्रयोग गर्न सक्नेछन भट्टराइले भन्नु भयो । शुक्रबारबाट शुरु भएको तालिम आइतबार सम्म चल्ने आयोजकले बताएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

TOP

Developed By Kuldeep Sharma