Developed By Kuldeep Sharma

२ वर्ष अगाडि

लुम्बिनी प्रदेशकी स्वास्थ्य राज्यमन्त्री वलीलाई जिल्ला प्रहरी कार्यालय दाङ लगियो

दाङ – कुटपिटको आरोपमा दाङको तुलसीपुरबाट पक्राउ परेकी लुम्बिनी प्रदेशकी स्वास्थ्य राज्यमन्त्री विमलाकुमारी खत्री वलीलाई जिल्ला प्रहरी कार्यालय घोराही लगिएको छ ।

जिल्ला प्रहरी कार्यालयबाटै मुद्दा प्रक्रिया अघि बढाउने गरी जिल्ला प्रहरी कार्यालय ल्याइएको दाङका प्रहरी प्रमुख एवम् प्रहरी उपरीक्षक (एसपी) सुरेश काफ्लेले जानकारी दिनुभयो । विमलाले बिहान तुलसीपुर नगरपालिका वडा नम्बर ५ का एकराज बस्नेतको घरमा गएर एकराजकी श्रीमती मीना भण्डारी बस्नेत र उनकी छोरीलाई हातपात गरेपछि प्रहरीले पक्राउ गरेको हो ।

विमलाको कुटाइबाट मीनाको अनुहार र छातीमा चोट लागेको र कपडा च्यातिएको प्रहरीले जनाएको छ । राज्यमन्त्री वलीले एकराज बस्नेत आफ्नो श्रीमान् रहेको दाबी गर्दै आफूहरूमाथि कुटपिट गरेको पीडित मीना भण्डारीको भनाइ छ ।

विमला एकराजको घरमा सुरक्षागार्डसहित झण्डावाल गाडीमा पुग्नुभएको प्रहरीले जनाएको छ । विमलालाई प्रहरीले इलाका प्रहरी कार्यालयबाट बाहिर निकाल्दा पीडितका आफन्तले कारबाहीको माग गर्दै नाराबाजी गरेका थिए । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

छुटाउनुभयो कि ? सबै
TOP

Developed By Kuldeep Sharma