Developed By Kuldeep Sharma

२ वर्ष अगाडि

नेपाली काग्रेसले दियो शिवराज नगरपालिकालाई सुझाव

नेपाली कांग्रेस शिवराज नगर समिति कपिलवस्तुले स्थानिय सरकारको लागि सुझाव सार्वजनिक गरेको छ । शिवराज नगर समितिका सभापती मधु सुदन पोख्रेलले शिवराज नगरपालिकालाई समृद्ध नगर निर्माण गर्नका लागि विभिन्न सुझावहरु लिखित रुपमा सार्वजनिक गर्नु भएको हो । नगर समितिको लेटर प्याडमा सुझावहरु सार्वजनिक गरिएको हो ।

आर्थिक बर्ष २०७९।८० को निति तथा कार्यक्रममा नेपाली कांग्रेसले अघी सारेको योजना अनुसार अघी बढ्न सुझाव पत्रमा उल्लेख गरिएको छ ।
युवा तथा खेलकुद विकास, सिचाईका मुहान संरक्षण, पर्यटन तथा सम्पदा संरक्षण, समुदाय, आवास र विका, शिक्षा स्वास्थ्य संचार लगाएको बुदाँ सहितको सुझावहरु सार्वजनिक गरेको नगर सभापती पोखरेलले मोफसल खबरलाई बताउनु भयो ।

सभापती पोखरेलले शिवराज नगरपालिकाले नेपाली कांग्रेसको सुझाव अनुसार अघी बढ्े नगर समृद्ध हुने बताउनुभयो । नेपाली कांगे्रेसेको सुझावहरुलाई अनुशरण गर्न समेत आग्रह गर्नुभयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

TOP

Developed By Kuldeep Sharma