Developed By Kuldeep Sharma

२ वर्ष अगाडि

बुटवलमा बढ्यो खानेपानी समस्या

पछिल्लो केही हप्तादेखि खानेपानी आपूर्तिमा एक्कासी गिरावट आएपछि बुटवल बासीको जनजीवननै प्रभावित भएको छ । बुटवल खानेपानी संस्थान अन्तरगतका सेवाग्राहीले प्रयाप्त पानी पाउन सकेका छैनन् । संस्थानले नियमित वितरण गर्नेभन्दा करिब ५० लाख लिटरले कमी आएको छ । हाल संस्थानले ६० प्रतिशत पानी तिनाउ खोलाबाट पम्पले तानेर वितरण गर्छ । बारम्बारको विद्युत ट्रिपिङका कारण नियमित अनुसार पानी वितरण गर्न नसकिएको बताइएको छ ।
खानेपानी संस्थान बुटवलका अनुसार यहाँ दैनिक तीन करोड ३२ लाख लिटर पानीको माग छ । वितरण भने पुगनपुग दुई करोड ५० लाख लिटर मात्रै छ । यसरी दैनिक करिब ८२ लाख लिटर खानेपानी अपुग छ । अहिले १ हजार धारामा सो पानी आउँछ । हरेक वर्ष करिब एक हजारको हाराहारीमा नयाँ धारा जडानको निवेदन पर्छ । त्यसबाहेक १९ वटा बोरिङमार्फत पनि पानी वितरण गरिएको छ तर तिनाउ र चुरेको अनियन्त्रित दोहनले जमिनमुनि पानीको सतह घट्दै जाँदा बोरिङबाट पानी कम आउँछ । यसका कारण बुटवलमा पानीको अभाव बर्सेनि बढ्दो छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

TOP

Developed By Kuldeep Sharma