Developed By Kuldeep Sharma

२ वर्ष अगाडि

पर्तापुरमा जनसंग्रहालय तथा सहिदपार्क बन्ने

सुर्य गुरुङ्

कपिलवस्तु

पर्तापुरमा जनसंग्रहालय तथा सहिदपार्क बन्ने भएको छ ।

 

कपिलवस्तुको शिवराजनगरपालिका वडा न ९ मा पर्ने पर्तापुरमा १२३ जाति जनजातिको सस्कृती झल्कने संग्रहालय र सहिदपार्क बन्ने भएको हो ।

 

संग्रहालयमा नेपालका  विभिन्न जाति जनजातिले प्रयोग गर्न भेषभुषा,घरेलु औजारहरु प्रदर्शनका लागि राखिने नेकपा केन्द्रिय सदस्य जनसंग्रहालय तथा सहिद पार्क निर्माण समितिका ईन्चार्ज अमर झाक्री(सन्जिव)ले जानकारी दिनुभयो ।

 

सहिदपार्कमा देश र जनताको लागी बि स १९३३ आफ्नो जीवन समर्पण गर्ने पहिलो सहिद लखन थापा लगायत जयसिङ्ग चुमी मगर,बिराज थापा मगर,जुठ्या थापा मगर,जितमान गुरुङ्ग,अजयसिङ्ग थापाको प्रतिमुर्ति निर्माण गरिने सन्जिवले बताउनु भयो ।

 

पार्कमा सहिद धर्मभक्त माथेमा ,दशरथ चन्द ठाकुर,शुक्रराज  शास्त्री,गगालाल श्रेष्ठ लगायत २००७ देखि हालसम्म पन्चायत ,विभिन्न जनाअन्दोलन ,जनयुद्ध ,प्रतिक्रान्तीमा देश जनता र परिवर्तनका लागि आफ्नो बलिदानी दिने ११ हजार  सहिदहरु प्रतिमुर्ति बनाईने छ पार्कमा फुलबारी पानी फोहोरा सहितको पोखरी निर्माण गरिने झाक्रीले बताउनु भयो ।

 

५ देखि ७ बर्षमा आयोजना पुरा गर्ने लक्ष्य राखेको समितिले छिट्टै काम शुरु गर्ने ईन्चार्ज झाक्रीले जानकारी दिनुभयो

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

TOP

Developed By Kuldeep Sharma