Developed By Kuldeep Sharma

२ वर्ष अगाडि

इन्स्टाग्राममा नेपाली खेलाडीका फलोअर्स कति ?

११ साउन – इन्स्टाग्राममा सबैभन्दा धेरै फलोअर्स हुने व्यक्ति सुपरस्टार फुटबल क्रिस्टियानो रोनाल्डो हुन् । विश्वका नाम चलेका सेलेब्रेटीदेखि खेलाडीहरूको इन्स्टाग्राममा फलोअर्स धेरै नै हुन्छन् । उनीहरूले फलोअर्ससँगै त्यहीबाट पैसासमेत कमाउँछन् ।

रोनाल्डोले इन्स्टाग्रामबाटै वार्षिक करिब ४० मिलियन अमेरिकी डलर कमाउने खबर गत वर्ष नै सार्वजनिक भएको थियो ।

यस्तै रोनाल्डोपछि गायिका कायली जेनर सर्वाधिक फलोअर्स हुनेमा दोस्रो स्थानमा छन् भने अर्का फुटबल सुपरस्टार लिओनल मेसी तेस्रो स्थानमा छन् ।

विदेशी खेलाडी र सेलिब्रेटीको तुलनामा नेपालका खेलाडीहरुको इन्स्टाग्राम फलोअर्स कम छन् । नेपाली खेलाडी तथा सेलेब्रेटीको फलोअर्स विस्तारै बढ्दो क्रममा छ । मोडल अदिती बुढाथोकीका सबैभन्दा धेरै २१ लाख फलोअर्स छन् ।

इन्स्टाग्राममा सबैभन्दा धेरै पछ्याइने खेलाडीमा फुटबलर रोहित चन्द छन् । इन्डोनेसियामा व्यावसायिक लिग खेल्ने रोहित चन्द नेपालमा मात्र नभएर विदेशमा पनि उत्तिकै लोकप्रिय छन् । उनको फलोअर्स ३ लाख ५० हजार छ ।

यस्तै दोस्रो स्थानमा छन् राष्ट्रिय क्रिकेट टिमका कप्तान सन्दीप लामिछाने । आईपीएलदेखि विश्वभरका फ्रेन्चाइज लिग खेलेर चर्चा कमाएका सन्दीपको फलोअर्स १ लाख ८५ हजार छ ।

तेस्रो स्थानमा हाल अमेरिकामा रहेकी राष्ट्रिय महिला भलिबल टिमकी पूर्व सदस्य सिपोरा गुरुङ छिन् । उनका फलोअर्स १ लाख ७१ हजार छन् ।

एक लाखभन्दा बढी फ्लोअर्स हुने अर्का खेलाडी राष्ट्रिय क्रिकेट टिमका पूर्वकप्तान पारस खड्का हुन् । उनको फलोअर्स १ लाख १ हजार छन् ।

ओलम्पिक पौडीबाज गौरिका सिंह पाँचौ स्थानमा छिन् । हाल अमेरिकामा रहेकी उनको फलोअर्स ८५ हजार ३ सय छन् ।

राष्ट्रिय महिला फुटबल टिमकी गोलकिपर अन्जना राना मगरको ३६ हजार २ सय फलोअर्स छन् । यस्तै राष्ट्रिय फुटबल टिमकै कप्तान रहिसकेका गोलकिपर किरणकुमार लिम्बु (चेम्जोङ) को फलोअर्स ३४ हजार ३ सय छन् ।

फुटबलर अन्जन विष्ट र क्रिकेटर सोमपाल कामी पनि धेरै पछ्याइने मध्येमा पर्छन् । यी दुवैको २१ हजारभन्दा धेरै फलोअर्स छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

छुटाउनुभयो कि ? सबै
TOP

Developed By Kuldeep Sharma