Developed By Kuldeep Sharma

२ वर्ष अगाडि

गहुँ र चिनीको प्रतिबन्ध हटाउन भारत तयार

काठमाडौँ – नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवले भारत सरकारले गहुँ र चिनीमा लगाएको प्रतिबन्ध हटाउन केन्द्र सरकारसँग कुराकानी भइरहेको बताएका छन् ।

शनिबार धरानमा आयोजित उद्योग वाणिज्य संघ सुनसरीको स्वागत सम्मान कार्यक्रममा राजदूत श्रीवास्तवले यस्तो बताएका हुन् । उनले भारतसँग नेपालको व्यापार धेरै रहेको उल्लेख गर्दै नेपालले भारतसँगको व्यापारलाई अझ बढाउनुपर्ने भारतको चाहना रहेको बताए ।

नेपालको आर्थिक सम्बन्ध प्रगाढ र सुदृढ होस् भन्ने भारत सरकारले चाहेको उनको भनाइ थियो । राजदूत श्रीवास्तवले धरानमा भारतबाट सामान ल्याउनका लागि मिरगञ्जको पुल नबन्दा समस्या भइरहेको भन्दै वर्षाका कारण पुल केही समय रोकिएको तर चाँडै नै निर्माण हुने प्रतिबद्धता जनाए ।

साथै उक्त पुल निर्माणका लागि भारतको बिहार प्रदेश र केन्द्र सरकारसँग कुराकानी गरिसकेको राजदूत श्रीवास्तवले जानकारी दिए । राजदूत श्रीवास्तवले भने, ‘नेपालसँग आर्थिक र वाणिज्यको सम्बन्ध झनै प्रगाढ र सुदृढ होस् भन्ने भारतका जनता र सरकार चाहन्छ । यो क्षेत्रमा भारतसँग नेपालको व्यापार धेरै नै छ । हामी चाहन्छौं कि यसलाई अझै बढाउनु पर्छ । यसमा मिरगञ्जको पुल, नयाँ आयात गहुँ र चिनीमा जुन आसा छ, यसबारेमा पनि कुराकानी भइरहेको छ ।’

राजदूत श्रीवास्तवले नयाँ आयात गहुँ र चिनीमा नेपाललाई उपलब्ध गराउने सहुलियतबारे पनि छलफल भइरहेको बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

TOP

Developed By Kuldeep Sharma