Developed By Kuldeep Sharma

२ वर्ष अगाडि

बुटवलमा दुई वटा मोटरसाइकल एक आपसमा ठोक्किँदा बाबु र छोराको मृत्यु

बुटवल – बुटवलको बेलबासमा दुई वटा मोटरसाइकल एक आपसमा ठोक्किँदा बाबु र छोराको मृत्यु भएको छ । मृत्यु हुनेहरुमा बुटवल उपमहानगरपालिका–१३ बेलबास बस्ने अन्दाजी ४५ वर्षका सोनु भट्टराई र उनका ६ वर्षका छोरा निशान रहेका प्रहरीले जनाएको छ ।पूर्व पश्चिम राजमार्ग अन्तर्गत बेलबास चोकमा पश्चिमतर्फ जांदै गरेको लु ४१ प ४१६८ नम्बरको मोटरसाइकल र पश्चिमबाट आउंदै गरेको लु ४८ प ३२४६ नम्बरको मोटरसाइकल एकआपसमा ठोक्किएका थिए ।

मोटरसाइकल ठोक्किँदा लु ४१ प ४१६८ नम्बरको मोटरसाइकल लु १ क ४४२४ नम्बरको ट्याङ्करमुनि पर्न जाँदा उक्त मोटरसाइकलमा सवार बाबु छोराको मृत्यु भएको हो ।दुर्घटनाबाट गम्भीर घाइते भएका दुबै जनालाई लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा पुर्‍याइएकोमा अस्पतालले मृत घोषणा गरेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

TOP

Developed By Kuldeep Sharma