Developed By Kuldeep Sharma

२ वर्ष अगाडि

लुम्बिनी प्रदेशसभा भवन निर्माणको काम ९० प्रतिशत पूरा, आगामी अधिवेशन स्थायी राजधानीमै

दाङ – लुम्बिनी प्रदेश सरकारले प्रदेशसभाको आगामी अधिवेशन स्थायी राजधानी दाङमै सञ्चालन गर्ने तयारी गरिरहेको छ । प्रदेश सरकारका मन्त्रालयका लागि भौतिक संरचना निर्माणका काम अझै नसकिए पनि प्रदेशसभा बैठक भने स्थायी राजधानी मै सञ्चालन गर्ने गरी तयारी तीव्र तुल्याइएको हो ।

दाङमा प्रदेशसभाको निर्माणाधीन भवनको काम ९० प्रतिशत पूरा भइसकेको जनाइएको छ । ‘अब पेन्टिङ, लाईटिङ, कुर्सी व्यवस्थापन, लाइभ रुम, भिजिटर रुम व्यवस्थापनको काम भइरहेको छ,’ लुम्बिनी प्रदेशका मुख्यमन्त्री कुलप्रसाद केसीले भने । बाँकी १० प्रतिशत काम भदौभित्रै सम्पन्न गरी प्रदेशसभाको आगामी बैठक दाङ मै राख्ने तयारी भइरहेको उनको भनाइ छ ।

२०७७ असोज २० गतेको प्रदेशसभा बैठकले प्रदेशको नाम लुम्बिनी र स्थायी राजधानी राप्ती उपत्यका (देउखुरी) दाङलाई तोकेको थियो । स्थायी राजधानी टुुङ्गो लागेसँगै सरकारले दाङमा प्रादेशिक मुख्यालय, मन्त्रालयहरु, प्रदेशसभा भवनका लागि भौतिक संरचना निर्माणको काम अघि बढाए पनि बुटवलबाट राजधानी कहिले दाङ सर्छ भन्नेबारे प्रस्ट हुन सकेको छैन । यद्यपि, प्रदेशसभा भने दाङबाटै सञ्चालन गर्ने तयारी भइरहेको छ ।

प्रदेशसभा भवनमात्रै नभएर सरकारको सचिवालय, अन्य मन्त्रालय तथा मन्त्री निवास लगायतका सरकारलाई तत्काल आवश्यक पर्ने संरचना निर्माणको कामलाई तीव्रता दिइरहेको मुख्यमन्त्री केसीको भनाइ छ ।

सरकारले तत्काल प्रदेशसभासहित राजधानी स्थानान्तरणको काम पहिलो प्राथमिकतामा राख्दै सरकारका अन्य ११ वटा मन्त्रालय समेत तत्काल स्थायी मुुकाममा सार्ने तयारी गरिरहेको लुम्बिनी प्रदेशका स्वास्थ्यमन्त्री इन्द्रजीत थारुले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

TOP

Developed By Kuldeep Sharma