

पुनाराम पन्थी,
सस्थागत विकास अधिकृत, सहकर्मी समाज, नेपाल
स्थानीय सरकार, सामाजिक संस्था र समुदायबीचको सम्वन्ध, सहकार्य रसाझेदारीले मात्र विकास अर्थपूर्ण र दीगो हुन सक्दछ ।सरकारले प्रवाह गर्ने सेवा सुविधाहरु हरेक नागरिकले सहज रुपमा उपभोग गर्न पाउनु पर्दछ ।आफ्नो हक अधिकार र राज्यका श्रोतहरुमा स्थानीय समुदायको पहुँच वढाउन र सरकारले अगाडी सारेका राम्रा काममा सहयोग गर्नका लागि सहकर्मी समाजलेकोशेली परियोजना मार्फत समूहहरुलाई सहजीकरण गर्दै आएको छ । समुदायका मानिसहरु श्रोतको कमीलेविकासकोकाम गर्न नसकेको गुनासो गर्छन उता सरकारलेश्रोत खर्च नभएरवर्षेनी बजेट फ्रीज भैरहेको बताउँछ । स्थानीय सरकारले श्रोत प्राप्तीका प्रक्रियाहरुमा समुदायलाई प्रयाप्त सूचना र जानकारीहरु दिन सकिरहेको छैन । मानिसहरु श्रोत प्राप्त गर्ने तरिकामाअझै अन्योल छन । स्थानीय सरकारका नीति र विधिहरुमा समुदाय मात्र हैन जनप्रतिनिधीहरु पनि स्पष्ट नभएको बुझिन्छ । सहकर्मी समाजले संचालन गरेको कोशेली परियोजनाले यहि अन्योल र अस्पष्ट अवस्थामा सुधार ल्याउनेप्रयास गर्दै आएको छ । सामुदायिकसमूह मार्फत समुदायमा सवै खाले जानकारीहरु दिएरहक अधिकार र श्रोतको खोजी गर्न र कर्तव्यको पालना गर्न सहकर्मी समाजले मध्यमार्गी भूमिका खेल्दै आएका छ ।
सामाजिक संस्था र स्थानीय संगठनहरु सरकारका विकास साझेदार हुन । सरकार र सामाजिक संस्थाहरुलेसमुदायको मिसनमा काम गर्नु पर्दछ । सहकर्मी समाजलेसन २०१७ देखि विकास कोष नर्वेसंग साझेदारीमाकोशेली परियोजना संचालन गरिरहेको छ । परियोजनाबाट संचालन गरिने क्रियाकलापहरुलाईहामीले सरकारको योजनासंग जोड्ने प्रयास गर्दै आएका छौ । समूह गठन, परिचालन र जागरणले गर्दा स्थानीय सरकार र सरोकारवालाहरुलाई समुदायमा काम गर्न सहज भएको छ । समूहहरुले आफ्नो भूमिका र पहिचान वढेको महसुस गरेका छन । समूहले हरेक बर्ष वडाको योजना तर्जुमा प्रक्रियामा सहभागी भएर आफ्ना मागहरु पेश गर्दै आएका छन । दाङको बंगलाचुली र दंगीशरण गाउँपालिकामा स्थापना भएका समूह र मूल समितिहरुले सन२०२१÷२०२२मा वडाकार्यालय र गाउँपालिकाहरुबाट रु १,०२,५६,३६२÷– बजेट प्राप्त गरेर आफ्ना सुविधाहरु वढाउन सफल भएका छन । उक्त बजेटबाट गरेका कामहरुक्रमशः बीउ, मल, कृर्षि औजार, क्षमता विकासतालिम, सामुदायिक भवन रशौचालय निर्माण, नारी दिवस, तीज मिलन, कम्वाईण्ड मिल, सिचाई कुलो रपोखरी, बाटो ग्राबेलिङ,फलफूल विरुवा, बाख्रापालन, कुखुरापालन, नगदेवाली, घांसको विउ, पशुलाई भिटामिन र औषधी, प्लाष्टिक टनेल,मल्चिङ, स्प्रे–टंकी, सिँचाई मोटर,भवनमा दिवाल निर्माण, घर छाउने टिनको पाता, बाख्रा, बँगुर र सुँगुरको खोर निर्माण,च्याउको विउ लगाएत सहयोग पाएका छन ।
सहकर्मी समाजले कार्यक्रम संचालन गर्नु भन्दा पहिला समुदायका मानिसहरुमा सामाजिक, आर्थिक,भौतिक, शैक्षिक, सांस्कृतिक समस्या तथाराजनीतिक चेतनाको कमी थियो । जीविकोपार्जन सुधार, खाद्य सुरक्षा, पोषण, स्वास्थ्य र सरसफाई, बातावरणीय असर, जलवायु परिवर्तनको प्रभाव, लैंगिक समता तथा सामाजिक समावेशीकरण लगायतका समस्याहरु थिए । राज्यका सेवा, सुविधाहरुकोपहुँच र प्राप्तीको प्रक्रियामा मानिसहरु अन्योल थिए ।कृषि उत्पादन, पशुपालन र आयआर्जनको बारेमा ज्ञान र सीपको कमी थियो । अहिले समुदायका मानिसहरु समूहमा संगठित भएर उक्त समस्यासमाधानका लागि आफै अग्रसर भएका छन । दाङको बंगलाचुली, दंगीशरण गाउँपालिका र घोराही १९ का सीमान्तकृत समुदायमा १४२सामुदायिक समूह,११ वटा सामुदायिक मूल समिति र२ वटा कार्यसंजाल सस्थाहरु मार्फतसमाज रुपान्तरणको अभियान अगाडी वढिरहेको छ ।सरकारकोश्रोत, कार्यसंजाल संस्थाको जनशक्ति र सहकर्मी समाजको रुपान्तरण मोडेलको संयोजनबाट दाङ जिल्लाका दुर्गम वस्तीहरुमा विकास र समृद्धिको अभियान अगाडी वढिरहेको छ ।
जिल्ला समन्वय समिति दाङको मूल्यांकन अनुसार जिल्लामा क्रियाशिल गैरसरकारी संस्थाहरु मध्ये सन २०२१ मा सहकर्मी समाज दाङ जिल्लामा उत्कृष्ट (पहिलो) संस्था छनोट भएको थियो ।दुर्गम गाउँका सीमान्तकृत समुदायकोविकास र रुपान्तरणका लागि अग्रणीभूमिका खेलेको मूल्याँकन गरि जिल्ला समन्वय समिति दाङकोजिल्ला सभामा लुम्विनी प्रदेश सरकारका मुख्य मन्त्रीले सहकर्मी समाजलाई प्रसंशा–पत्र र मायाँको चिनोले सम्मान गर्नु भएको थियो।
असल अभ्यासका विधि वा प्रक्रियाहरुः
१. समुदायको समस्या समुदायकै मानिसहरुवाट समाधान गर्नका लागि कर्मचारीहरुले उपयुक्त वातावरण तयार गरि बैठक सहजीकरण गर्दै आएका छन । समस्या विश्लेषण र समाधानका लागि कोर्ड(चित्र, कथा, नाटक, अभिनय) प्रस्तुत गरेर ६ वटा खुड्किलामा विश्लेषण गराउँछौ । चित्रमा के देख्नु भयो ?किन यस्तो अवस्था आयो ?बास्तविक भोगाई के छ ?समस्याले के के असर प¥यो ? समस्याको जरो÷मूल कारण के हो? समाधानका उपायहरु के के होलान?यिनै प्रश्नहरुमा वहस चलाउँछौ । अन्तमा मानिसहरुले आफै पत्ता लगाएका समाधानका उपायहरुमा सामुहिककार्ययोजना वनाएर कार्यान्वयन गर्दै आएका छन ।
२. संस्थाका स्थानीय कर्मचारी मार्फत हरेक समूहहरुमा स्थानीय सरकारको योजना तर्जुमा प्रक्रियाका ७ चरणमा छलफल गरि समुदायको अर्थपूर्ण सहभागिता र श्रोत प्राप्त गर्ने प्रक्रियाका लागि अभिमुखीकरण गरिएको छ । यो अभ्यासले योजना निर्माणमा सरकारलाई सहयोग पुग्ने र समुदायले योजना तर्जुमामा सहभागी भएर माग प्रस्तुत गर्न पाउने अवस्था श्रृजना भएको छ ।
३. पालिका तहमा हरेक बर्ष संस्थागत समन्वय बैठक आयोजना गरेर कार्यक्रमको विस्तृत योजना, सम्पन्न क्रियाकलापहरु, असल अभ्यास तथा प्रयासहरु,कार्यक्रमले ल्याएका उपलव्धी, परिवर्तन, अनुकरणीय सिकाई र चुनौतीहरु प्रस्तुत गर्ने र सरोकारवालाहरुबाट प्राप्तराय सुझावका आधारमा कार्यक्रमलाई परिस्कृतगर्ने गरिएको छ।
४. गाउँपालिकाका जनप्रतिधिहरु, प्रमुख प्रशासकीय अधिकृत र विषयगत शाखाका प्रमुखहरुलाई सहकर्मी समाज र गाउँपालिकाको संयुक्त आयोजनामा जनकेन्द्रित विकास अवधारणा तालिम संचालन गरिदै आएको छ । यो तालिमले विकास प्रक्रिया र पद्धतिलाई जनकेन्द्रितगराउन र जनप्रतिनिधीहरुलाई शासक हैन सेवक वनेर काम गर्न प्रेरणा दिएको छ ।
५. समुदायका मानिसहरु र वडाका जनप्रतिनिधहरुलाई एकैठाउँमा राखेर सरकारी सेवा सुविधा प्रवाहको अवस्था र गुणस्तर मापनका लागि समुदायमै अन्तरक्रियाहरु आयोजना गर्ने काम २०१७ देखि नियमित भैरहेको छ । जनता र जनप्रतिनिधीहरु बीच हुने प्रत्यक्ष अन्तरसंवादले समस्याको पहिचान, सम्वोधन र गुणस्तर कायम गर्न सहज भएको छ ।
६. पालिकाले टोल भेला तथा वडा सभाबाट छनोट गरि गाउँसभामा पारित गरेका योजनाहरुलाई अध्ययन गर्न लगाई समूहहरुलाई विनियोजित बजेट निकासा,योजनाको प्रभावकारी कार्यान्वयन, सहभागिमूलक अनुगमनका लागि परामर्श दिने गरिएको छ । सिमित वजेटबाट पनि स्थानीय सहभागिता र जनश्रमबाट धेरै काम हुने गरेकोमा सरोकारवालाहरुलेकाम गर्न सहयोग पुगेको वताउँछन ।
७. कार्यसंजाल संस्थाको साधारण सभामा हरेक बर्ष कार्यक्रमको सामाजिक लेखा परिक्षण गर्ने अभ्यास भैरहेको छ । स्थानीय समुदाय, कार्यक्रमबाट लाभान्वित मानिस, स्थानीय सामाजिक संस्था, जनप्रतिनिधीहरु, पालिकाका विषयगत शाखाका कर्मचारी लगायतको उपस्थितिमा सामाजिक लेखा परीक्षण कार्यक्रम आयोजना गरिदै आएको छ । पारदर्शिता र जवाफदेहिताको अभ्यासले गर्दा संस्थाको सस्थागत पहिचान र विश्वासको दायरा फराकिलो भएको छ ।
८.जिल्ला समन्वय समिति दाङले हरेक वर्ष आयोजना गर्ने बार्षिक प्रगति समीक्षा गोष्ठीमा सहभागी भई संस्थाको प्रगति प्रस्तुत गर्ने काम गरिएको छ । यसै गरि पालिकाहरुमा हरेक बर्षको शुरुमा कार्यक्रमको बार्षिक योजनापेश गर्ने र बर्षको अन्तमा प्रगति प्रतिवेदन तथासफताका अनुकरणीय कथाहरुपेश गर्ने काम हरेक बर्ष नियमित भैरहेको छ ।
९. संस्थाले संचालन गर्ने सवै खालका प्राविधिक सीप विकासकातालिमहरु गाउँपालिकाकोविषयगत शाखाकाप्राविधिकहरुबाट संचालन गरिदै आएको छ ।जस्तै ः खाद्यउत्पादन, तरकारी खेती, तरकारी नर्सरी उत्पादन, स्वास्थ्य र सरसफाई, उद्यमशिलता विकास, पशुपालन तालिम, पोषण चेतना बृद्धि लगायतका तालिम र कार्यशालाहरुमा सरकारी श्रोत व्यक्तिहरुबाट सहजीकरण गरिदै आएको छ ।यो अभ्यासले सरकार र समुदायको आपसी सम्वन्ध, संचार र सहयोग आदान प्रदानमा बृद्धि भएको छ । सेवा र श्रोतको पहुँचका लागि यो असल अभ्यासहो ।
१०.अभियान, दिवस, उत्सवहरु जस्तै ः तीज मिलन, नारी दिवस, घरेलु हिँसा विरुद्धको अभियान, सरसफाईसप्ताह लगायतका कार्यक्रमहरु पालिका, वडा कार्यालयहरु, समुदायमा आधारित कार्यसंजाल संस्था र मूल समितिहरुकोसंयुक्त आयोजनामा गर्ने कामविगत ७ वर्ष देखि निरन्तर छ । अभियान र दिवसहरुमा आयोजना गर्दा वडा र पालिकाहरुले कार्यसंजाल सस्था र मूल समितिहरुलाई जिम्मेवारी दिदै आएका छन ।महिलाहरुले उद्घोषण गर्ने, मञ्चमा उठेर मन्तव्य राख्ने, प्रतिवेदन सुनाउने, साँस्कृतिक रचना, कला र श्रृजनाहरु प्रस्तुत गर्नका लागि ज्यादै उपयुक्त अवसर भएको छ ।
११. सार्वजनिक तथा व्यक्तिगत समस्या समाधानका लागि परामर्श सहयोग गरिदै आएको छ । श्रोत प्राप्तीको प्रक्रिया, व्यवस्थापन र श्रोत परिचालन लागि यो उपयोगी विधि मानिन्छ ।श्रोत खोजी गर्ने, वार्तालाप गर्ने, समन्वय वढाउने कुराको तयारीका लागि मद्दत पुग्दछ । श्रोतका लागि पहल मात्र हैन यो विधि र अभ्यासले मानिसहरुलाई सशक्त, संगठित र सक्षम गराउँछ । यसै गरि व्यक्तिगत समस्या समाधानका लागि कोचिङ र मेन्टोरिङ गर्ने काम भैरहेको छ ।
१२.समुदायका उत्तम अभ्यास, प्रयास र प्रभावहरु प्रसारणका लागि स्थानीय रेडियो र मिडियाका पत्रकारहरुलाई बोलाउने, एफएममा प्रसारण गर्ने, स्थानीय पत्रपत्रिका र अनलाईन खवरमाप्रकाशन गरेरउत्तम प्रयास, अभ्यास र सिकाईहरुलाई आदान प्रदानगर्नाले संस्थाको पहिचान र प्रतिष्ठा बढेको छ ।
१३.दाङका दुईवटा कार्यसंजाल संस्थामा आवद्ध १४२ समूह मध्ये ८४ वटा समूह कृर्षि र पशु शाखामा दर्ता भएका छन । दर्ता भएका समूहले पालिकाका शाखाहरुबाट सेवा र सुविधा प्राप्त गरिरहेका छन । कृर्षि र पशु शाखावाट खाद्यान्न, तरकारी विउ, मल, घांसको विउ, फलफूलका बेर्ना, तालिम, कृर्षि औजार, कृषक अवलोकन भ्रमण, वाली उपचार, पशु रोग र परामर्श सेवा प्राप्त गरिरहेका छन । सरकारका प्राविधिकहरुबाट समूह अनुगमनका लागिघर भेटघाट गर्ने काम निरन्तर भैरहेको छ ।
असल अभ्यासका नतिजा र प्रभावहरु ः
सामाजिक सुधारः
छरिएर रहेको समाजलाई समूहले एकताकोमालामा उनेको छ । वैठक, भेला र सभा गरेर सामाजिक सवालहरुको पहिचान, विश्लेषण र समाधानका लागि मानिसहरु जागृत भएका छन । सामाजिक एकता र मेलमिलाप बृद्धि भएको छ । सामाजिक संस्कार र संस्कृतिमा सुधार आएको छ । मानिसहरु मर्दा, पर्दा, विवाह, पुजा, कुलो, पानी, खेतीपातीको काममा समेत समूहगत सहयोग जुटाउने अभ्यास गरिरहेका छन । जाति र लिङ्ग भेदमा कमी आएको छ । मानिसहरुले सामाजिक काममा जिम्मेवारी लिएर पुरा गर्न थालेका छन । पारस्परिक सहयोग (एैचो,पैचो,सापटी) आदानप्रदानमा बृद्धि भएको छ । भौतिक सुविधा विस्तार, पुर्बाधार निर्माण र विकासमा मानिसहरु अग्रसर भैरहेका छन । आफ्नो हक, अधिकारको खोजी तथा कर्तव्यको पालनामा मानिसहरु ईमानदार बन्दै गएका छन ।आन्तरिक श्रोत परिचालन र बाह्य श्रोतको पहुंचमा बृद्धि भएको छ । सामुहिक खेती गर्ने, सामुहिक पर्ब मनाउने, सामुहिक भाँडा र औजारहरुको प्रवन्ध र प्रयोग गर्ने काम संगठित रुपले भैरहेको छ । समूहको कामले समुदायमा सामाजिक जागरण आएको छ ।
आर्थिक सुधारः
आर्थिक अवस्थामा सुधार ल्याउनका लागि समूहका मानिसहरुले व्यक्तिगत तथा सामुहिक प्रयत्नहरु गर्दै आएका छन । समूहका हरेकसदस्यले आर्थिक सुदृढिकरण र आयआर्जनका लागि व्यक्तिगत योजना वनाएर काम गरिरहेका छन । योजना कार्यान्वयनमा सहज होस भन्ने हेतुले सवै समूह र मूल समितिहरुमा साप्ताहिक÷पाक्षीक÷मासिकबैठकमा बचत संकलन गरि आयमूलक र पारिवारिक खर्च व्यवस्थापनलाई सहज गराउँदै आएका छन । दाङका १४४ समूहहको कूल कोष ३,७१,९०,५४१÷– पुगेको छ । सो कोषको ६५ प्रतिशत रकम आयमूलक काममा लगानी भएको छ । सामुदायिक बैकको रुपमा संचालित सो कोष आर्थिक समस्या समाधानका लागि बरदान सावित भएको छ । विना धितो, सस्तो व्याज, सहुलियत किस्ता र छिटो ऋण लिन र फिर्ता गर्न सकिने सो कोष समूह भित्रै लगानी असुली हुँदै आएको छ । महिलाहरुको आर्थिक स्वामित्वमा बृद्धि भएको छ ।बैंक खाता खोल्ने महिलाको संख्यामा बृद्धि भएको छ वचत संकलन र परिचालनमा पुरुष भन्दा महिलाहरुको संलग्नता धेरै छ ।
वातावरणीय प्रभावः
वातावरणीय सन्तुलन कायम राख्नका लागि समूह, मूल समिति र कार्यसंजाल संस्थाहरुले असल अभ्यास र प्रयास गर्दै आएका छन । हरेक वर्ष घरघरमा फलफूल लगाउने, बन पाखा पखेरामा रुख विरुवा रोप्ने काम भैरहेको छ । बाटोमाकिला गाड्न र पशु वाँध्न रोक लगाएका छन । बाटोको झाडी फाँड्ने र सार्वजनिक बाटो नियमित सरसफाई गर्ने काम भैरहेको छ । हरेक घरले चर्पी बनाएर प्रयोगमा ल्याएका छन ।खाना खेर नफाल्ने, बासी र सडेगलेको खाना नखाने,पलाष्टिक जलाएर प्रदुषण नवढाउने, रासायनिक मल र विषादीको प्रयोगका कमी ल्याएका छन । जैविक मल, गोठे मल, प्राँगारिक मल र जैविक विषादीको प्रयोगमा क्रमिक बृद्धि भएको छ । तालिम, बैठक,भेला र सभाहरुमा नास्ता खाँदा पलाष्टिकको सट्टा स्थानीय दुनाटपरीको प्रयोग गर्न थालेका छन । स्थानीयभोजन र परिकारहरुको प्रयोग र प्रवद्र्धन गर्ने काम भएको छ । कुहिने र नकुहिने वस्तुको विर्सजनका लागि फोहर फाल्ने खाल्डोहरु निर्माण गरेका छन । पानीका मुहान धारा र कुवाको संरक्षण र प्रयोगमा सुधार आएको छ ।
स–शक्तिकरण ः
सहकर्मी समाजको रुपान्तरण अभ्यासले गर्दा सीमान्तकृत समुदायका मानिसहरु सशक्त हुँदै गएका छन । सामाजिक सवालहरुमा सहभागिमूलक छलफल, वहस र अन्तरक्रिया गर्ने अभ्यासले मानिसहरुमा विश्लेषणात्मक चेतना बढेको छ । समूहमा संगठित भएर जिम्मेवारी लिने र पुरा गर्ने अभ्यासले महिलाहरुमा नेतृत्व क्षमता विकास भएको छ ।समूहमासरदर ७९ प्रतिशत महिलाहरुको सहभागिता छ ।७८प्रतिशत समूहमा महिलाहरुलेनै नेतृत्व गरिरहेका छन ।स्थानीय तह चुनाव २०७९ मा समूहका ६४ जनाले विभिन्न पदमा उमेदवारी दिएकोमा उपाध्यक्ष सहित २८ जना निर्वाचित भएका छन ।समूहमा सवै जात जाति धर्म र भाषाका मानिसहरु आवद्धरहेकोले समूहहरुमा समावेशी सहभागिताको नमूना अभ्यास भैरहेको छ । सचेत नागरिकको रुपमा ठिक वेठिक बुझेर निर्णय लिन सक्ने राजनीतिक चेतना र क्षमताको विकास भएको छ ।मानिसहरु समूहमा संगठित भएका छन । व्यक्तिगत तथा सामुहिक समस्यालाई एकजुट भएर समाधान गर्न, हक अधिकारको खोजीगर्न र कर्तव्यको पालनामा ध्यान दिन थालेका छन । समूहमा समावेशी सहभागिता छ । महिला नेतृत्व विकास भएको छ । राज्यका सेवा सुविधा प्राप्तीका लागि सरकारको योजना तर्जुमा गोष्ठीमा सहभागी हुने, प्रस्तावहरु पेश गर्ने, कृषि शाखामा समूह दर्ताहुने रश्रोतमा दावी गर्ने प्रयासहरु भैरहेका छन ।
जीविकोपार्जन सुधार ः
जीविकोपार्जन सुधारका लागि उत्पादन बृद्धिका अभ्यासहरु भैरहेका छन । संस्थाको कोशेली कार्यक्रमले जीविकोपार्जन सुधारमा सहयोग गरिरहेको छ । स्थानीय सरकारले विभिन्न राहत र अनुदानका कार्यक्रमहरुबाट समुदायका मानिसहरुलाई आयआर्जन वढाउन प्रोत्साहन गर्दै आएको छ । मानिसहरु निर्वाहमुखी खेती प्रणालीबाट माथि उठेर व्यवसायिक विकासका काममा अग्रसर हुँदै गएका छन । पशुपालनमाबृद्धि र प्रवद्र्धन भएको छ । घरवगैचा निर्माण तथा करेसावारी उत्पादनमा बृद्धि भएको छ । खानपुग्ने (समय) महिना र घर संख्यामा बृद्धि भएको छ । सिन्की, सुकाएको साग, सोयाविन र पिठोको फाँडो पकाएर तरकारी खाने मानिसहरुले साग सव्जी उव्जाएरहरियो तरकारी खान थालेका छन । महिला र वालवालिकाको पोषण र स्वास्थ्यमा सुधार आएको छ भनेपोषण पुर्नस्थापना हुंदै गएको छ । समूहको कोषबाट ऋण लिएर मानिसहरुले जीविकोपार्जन सुधारका लागि विभिन्न प्रयत्नहरु अघि वढाएका छन । कुखुरा, हाँस र टर्की पालन,तरकारी र खाद्यान्न उत्पादन, पशुपालन, नगदेवाली उत्पादन, समूहमा सामुहिक भाँडा खरिद र प्रयोग, कृर्षि औजार खरिद, बीउ र मल खरिद, विरामीको उपचार, लवाई खवाईमा सुधार, गुणस्तरीय शिक्षा,व्यापार तथा साना व्यवसाय संचालन, उद्यमशिलता विकासका क्रियाकलाप संचालन गरेरमानिसहरुले दैनिक जीविकोपार्जनलाई सहज गराउँदै आएका छन ।
सफल उदाहरणहरु :
पालिकाको अनुदानबाट तरकारी खेतीर कम्वाईण्ड मिलः
मेरो नाम देविराम चौधरी हो । म दंगीशरण २ दाङ स्थित गाउँसुधार समूहको अध्यक्ष हुँ । गाउँसुधार समूहमा हामी २४ जना छौ । मैले ८ कक्षा पास गरेको छु । म कृषि पेशामा व्यस्त छु । केहि वर्ष अघि मलेसिया बसेर जव म घर फर्के तव कोभिड माहामारीले आक्रान्त वनायो । पेसा व्यवसाय सवै ठप्प भए । समूहको वैठक बसिरहेको थियो । वैदेशिक रोजगारीबाट फर्केकालाई पालिकाले तरकारी खेतीका लागि अनुदान सहयोग गर्ने सूचना साथीहरुबाट पाएँ । समूह वैठक पछि थप जानकारीका लागि वडा कार्यालयमा पुगें । आवश्यक कागजात सहित निर्धारित ढाँचाको फर्म भरें । निवेदनका लागि त्यो नै अन्तिम दिन रहेछ । मेरो लागि “लाटाको खुट्टो बाटामा” परे झै भयो ।

२० जनाको कोटाका लागि म लगायत १२६ जनाले फर्म भरेको थियौं । मेरो नाम छनोट सूचिमा प¥यो । मैले जनप्रतिनिधीहरुलाई फोन, संवाद र भेटघाटमा मेरो रुची वताएँ ।मैले मेरो सीप र पौरखको बारेमा सुनाएं । समूहको कोषको पैसालेतरकारी खेती गरेर मैले अगुवा किसानको नाम कमाई सकेको थिएँ । सायद मेरो यही मेहनत र विश्वासले गर्दा म छनोटमा परेको हुनुपर्छ । अनुदान प्राप्त गर्नको लागि बैंकमा खाता खोल्ने नियम रहेछ । खाता खोले पछि पालिकाले रु २०,०००÷– पठाईदियो । मैले १२ मिटरको प्लास्टिक टनेल, विउ र कृर्षि औजार किनें । अहिले मैले मौसमी र बेमौसमी तरकारी खेती गरिरहको छु । दुई कठ्ठा जग्गामा आलु, प्याज, टमाटर, भान्टा, बोडी, खुसार्नी, काक्रा फलाएको छु ।
कर्मको फल भनौं शुरु गरे देखि खेतीबाट घाटा बेहोर्नु परेको छैन । अहिले मलाई घर खर्च चलाउन निकै सजिलो भएको छ । आयआर्जन बढाउनका लागि कृषि शाखाबाट ५० प्रतिशत अनुदानमा एउटा कम्वाइन्ड मिल पनि ल्याएको छु । मिलबाट मेरा छिमेकीहरुले समेत कुटानी पिसानी गर्न पाएका छन । धान कुट्न, पिस्न आधा घण्टा टाढा पुग्नु पर्दथ्यो । अव छोटो समयमा धेरै काम गर्न सकिने भएको छ । तरकारी खेती र मिलको आम्दानीले मेरो जीविकोपार्जनमा सुधार आएको छ ।(राजकुमारी चौधरी–कार्यक्रम व्यवस्थापक)
सिँचाई कुलो पक्की गर्न प्रदेश सरकारको सहयोग :
सिँचाई कुलो पक्की गर्नका लागि दंगीशरण गाउँपालिका ६ प्रसडुवा गाउँको प्रगति समूहले प्रदेश सरकारबाट१० लाख ५० हजार सहयोग पाएको छ । उक्त बजेटका लागि प्रगति समूहका अध्यक्ष र सदस्यहरु निकै दौडधुप गरेका थिए । समूहको विधान, छाप, लेटर प्याड वनाएर कृषि शाखामा दर्ता गरे । समूहको पान नं पनि लिए । उनीहरुको माग र मेहनत सम्वोधन भयो । प्रदेश सरकारबाट १० लाख ५० हजार बजेट विनियोजन भयो । बजेट पाएपछि कूलोको काम कसरी सम्पन्न गर्नेभन्ने सकारात्मक चुनौती आईलाग्यो । समुदायकै मानिसहरु मिलेर काम गर्ने र उक्त कामको ३ दिनको ज्याला समूह कोषमा जम्मागर्नेे निर्णय गरे ।

“सर्प पनि मर्ने लट्ठी पनि नभाँचिने” आईडिया निकाले । एक जनाले ३ दिनको ज्याला रु. १५०० समूहमा राख्ने सहमति भयो । कूलो पनि वन्यो समूहको कोष पनि वढ्यो । कुलोमा पक्की पलाप्टर गर्न २ जना दक्ष मिस्त्री बाहिरबाट ल्याए । अरु सबै काम समूह सदस्यले मिलेर सम्पन्न गरे । ३० जना सदस्यको ३ दिनको ज्याला प्रति सदस्य ५०० का दरले रु ४५ हजार समूह कोषमा जम्मा भयो । सो कोष समूहका २ जना सदस्यलाई व्यबसायिक तरकारी खेती र किराना पसल संचालन गर्न लगानी दिएका छन । कूलोमा धेरै काम गर्नेले २२ दिन सम्म गरे । ३ दिनको ज्याला समूहमा जम्मा गरेता पनि बाँकी दिनको ज्याला उनीहरु आफैले लिने निणय गरे । अहिले २७० मिटर कुलो पक्की बनेको छ । कुलोबाट३५ घर लाभान्वित भएका छन । कुलोको काम अधुरो छ । माग अनुसार वजेट प्राप्त नहुँदा काम अधुरो भएकोअध्यक्ष खड्काले वताए ।
कुलो पक्की गर्दा उनीहरुलाई ३ वटा उपलव्धीहरु भएको वताउँछन । पहिलो ः कुलो भत्केर समस्या भैरहने ५ घर जोखिममुक्त भएका छन । दोश्रो ः खेतबारीमा सिंचाई गर्न छिटो र सजिलो भएको छ ।कुलो फुट्ने समस्या हटेको छ । तेश्रो ः समूह सदस्यले रोजगारी पाएका छन ।समूहकोकोष बृद्धि भएको छ ।
कुलो निर्माणको अनुभववडास्तरको मूलसमितिमा सुनाउँदा समूहका अगुवा र सदस्यहरु पनि यस्तै श्रृजनशिल काम गर्नुपर्ने मूल समितिका अध्यक्षले वताए । प्रगति समूहका अध्यक्ष वालकृष्ण खड्का र समूह सदस्यहरुले गरेको असल अभ्यासलाई सबैले खुलेर प्रसंशा व्यक्त गरे । प्रगति समूहले यो भन्दा पहिला पनि साना सिचाई आयोजनाबाट रु.८५ हजार बजेट माग गरेर ३२ मिटर कुलो पक्की गरेको थियो । वडाको ७५ हजार बजेटले सोही कुलोमा दिवाल उठाउने काम सम्पन्न गरेको थियो ।(भिष्मा विसी–सामुदायिक प्रशिक्षक)
सरकारी बजेट र श्रमदानले बाटो ग्रावेलिङ :
सरकारको बजेट र स्थानीय श्रमदानबाट सुन्दरनगरी समूहमा ११०० मिटर बाटो ग्राबेल गर्ने काम सम्पन्न भएको छ । उनीहरुले ३०० मिटर बाटो ग्राबेलका लागि ८५ हजार बजेट प्राप्त गरेका थिए । समूह र समुदायको श्रम–योगदानले ईस्टिमेट गरे भन्दा धेरै काम सम्पन्न गर्न सम्भव भएको हो । अहिले बाटो सफा र चौडा भएको छ । समुहको सफलतामा खुशी हुँदै समूहका सदस्यहरु भन्छन्–“अहिले हिडडुल गर्न निकै सजिलो भएको छ । बाईक, अटो र गाडीहरु घरमै आउछन् ।धान पराल लगायतका कृर्षि उपज र सामान ढुवानीमा सहज भएको छ” ।
दंगीशरण–४, दाङस्थित सुन्दरनगरी समूहमा २० जना छन् । त्यहाँ प्राय चौधरी जातीको बसोवास छ । बाटो बन्नु पहिलेको अवस्था सम्झिदैँ सोबत चौधरी भन्छिन्–बाटो साँघुरो थियो । बर्षामा हिलो र हिउँदमा धुलो हुन्थ्यो । हिलोले सवारी साधन गाउँमा आउन सक्दैनथे । पैदल हिड्न समेत मुस्किल थियो । बच्चा चिप्लिएर लड्थे । हिलो र फोहोरले गाँउको सुन्दरतानै बिर्गेको थियो ।

समूह बैठकमा समुदायका यस्तै साझा समस्याहरुमा छलफल भैरहन्थ्यो । छलफलका क्रममा बाटोमा हिलो भएर हिड्न समस्या परेको विषयमा गहन छलफल भयो । बाटो चौडा बनाएर ग्राबेल बिछउने निश्कर्ष निस्क्यो । त्यसका लागि बजेटका बारेमा वहस भयो । बजेटका लागि वडा कार्यालयमा निवेदन दिने निधो गरे । गाउँको ३०० मिटर बाटो ग्रावेल गर्न ईष्टिमेट गरेर वडाले ८५ हजार मात्र बजेट छुट्यायो । त्यो बजेट निकासा गरेर ग्रावेलको काम अघि वढ्यो ।
थोरै वजेटले धेरै काम कसरी गर्ने भन्ने कुरामा छलफल भयो । गाउँकै टेक्टरलाई भाडामा प्रयोग गरे । खोलामा गएर गिट्टी बालुवा लोड अनलोड गाउँलेहरुले आफै गरे । वाटोमा टेक्टरले थुपारेको गिटि बालुवा आफै फिँजाए । बाटो खन्ने सोहोर्ने काम आफै गरे । समूहको सहभागिता र अगुवाईमा काम गर्दा ३०० मिटरका लागि प्राप्त बजेटले ११०० मिटर ग्राविल गर्ने काम सम्पन्न भयो । अहिले वाटोको रुप वदलिएको छ । अटो रिक्सा, टेक्टर, मोटरसाईकल लगायतका साधन दिनहुँ त्यही बाटोमा गुडिरहेका हुन्छन । खेतमा उव्जेको खाद्यान्न, घाँस र पराल घरमै पु¥याउन सजिलो भएको छ ।(शुशिला चौधरी–सामुदायिक प्रशिक्षक)
प्रदेश सरकारको सहयोगमा बाख्रा पालन ः
शिवशक्ति समूह २०७१ वैशाखमा गठन भएको हो । बंगलाचुली–६, दाङ स्थित यो समूह समाज बिकास संजालमा आवद्ध छ । शिवशक्ति समूहमा २० घरधुरी आवद्ध छन । समूहले गाउँटोलका समस्या समाधानका लागि पहल गर्दै आएको छ । समूहको बचतबाट सदस्यहरुले ऋण लिएर बाख्रापालन, तरकारी खेती, कुखुरापालन लगाएतका काम गरिरहेका छन ।
समूहको सिमित कोषले धेरै काम गर्न गाह्रो थियो । सरकारी श्रोत प्राप्त गर्न उनीहरुले समूहलाई कृषि शाखामा दर्ता गरे । दर्ता गरेपछि वडा र पालिकामा कार्यक्रम प्रस्ताव तयार गरेर पेश गर्न थाले । वडा कार्यालयबाट तरकारी बिउ, मल, सिचाईका लागि आकासे घैँटो अनुदान पाए । यसै क्रममा प्रदेश सरकारले बाख्रापालनको लागि सहयोग गर्न सूचना जारी गरेको कुरा थाहा पाए । त्यसका लागि कृषि ज्ञान केन्द्रमा प्रस्ताव पेश गर्नु पर्ने थियो । कागजात र प्रक्रियाका बारेमा समाज विकास संजालबाट परामर्श सहयोग लिए । समूहमा निर्णय गरेर बाख्राखोर अनुदानको लागि प्रस्ताव तयार गरि पेश गरे । कृषि ज्ञान केन्द्र मार्फत लुम्विनी प्रदेश सरकारबाट बाख्रा खोर निर्माण गर्न रु ६ लाख अनुदान प्राप्त गरे ।

अनुदान पाए पछि १२ घरले बाख्राको खोर निमार्ण गरे । बाख्रा भएका घरले बाख्रा थप गरे ।घरमा बाख्रा नभएको घरले बाख्रा किनेर पाल्न शुरु गरे । अहिले हरेक घरमा १५ देखि ५० बाख्रा छन । बाख्रापालनबाट समूहका सदस्यहरुले मनग्ये फाईदा लिएका छन । बाख्रा पालनको लागि यो ठाउँ उपयुक्त छ । चरनको लागि बनजंगल प्रयाप्तछ । बाख्रापालन नै उनीहरुको मूख्य पेशा बन्दै गएको छ । उनीहरुखसी बोकाहरु बेचेको पैसाले घरखर्च गर्न, छोराछोरी पढाउन, बिरामी हुँदा उपचार गर्न, चाडपर्व मनाउन सजिलो भएको समूह अध्यक्ष जानका जिसीले बताईन । कहिलेकाहीँ सबै मिलेर खसी काटेर खाने गर्छन ।
पैसाको कमीले पहिला सापटी चलाउनपनिगाह्रो हुन्थ्यो । अहिले सवैसंग पैसा हुन्छ । बाख्राको मल प्रयोग गरेर सबै घरले तरकारी खेती गरिरहेका छन । अदुवा, वेसार लगाएका छन । घाँस खेती गरेका छन । खाद्यान्न उत्पादनमा बृद्धि भएको छ । रासायनिक मलको सट्टा बाख्राको मल प्रयोग गरेर अर्गानिक उत्पादन खाँदै आएका छन । बाख्रापालन रकृषि उत्पादन बढाएर जीविकोपार्जनमा सुधार गर्ने उनीहरुको योजना छ ।
(कमला वली–सामुदायिक प्रशिक्षक)
सफलताका सुत्रहरुः
१. सम्वन्ध निर्माण : सफलताको पहिलो सुत्र नै व्यक्तिगत सम्वन्ध हो । हामी असल र हार्दिकतापूर्ण सम्वन्ध निर्माणका लागि पहल गरेका छौ । सजिलै भन्न र सुन्न सक्नेअवस्थाको श्रृजना गरेका छौं । सम्वन्धले गर्दा आर्थिक, भौतिक तथा मानवश्रोत जुटाउन सहज हुने गरेको छ । खुशीको क्षण र दुखको समयमा फोन, संवाद गर्ने, प्रत्यक्ष भेट्ने,सम्झिने, समवेदना प्रकट गर्ने, उत्सवहरुमा हार्दिकतासेयर गर्ने,शुभकामना दिने गर्दै आएका छौ जसले निकटता वढाएको छ। बेलाबखतमा संगै बसेर चिया, कफी खाने,व्यक्तिगत तथा पारिवारिक गफगाफ गर्ने, दुख सुख साटासाट गर्नाले मैत्रीपूर्ण सम्वन्ध निर्माण भएको छ ।
२. बैधानिक मान्यता : समूहहरुले स्थानीय तहका विभिन्न निकायहरु (कृर्षि, पशु,..) मा समूह दर्ता गरेका छन । श्रोत प्राप्तीको पहिलो आधार भनेकै समूहले वैधानिक मान्यता प्राप्त गर्नु हो । समूह दर्ता गर्ने, पान नं लिने, हिसाव व्यवस्थापनका लागि बैंक खाता संचालन गर्ने, कार्यसंजाल संस्थामा आवद्ध हुने काम गरेर समूहहरु बैधानिक रुपले संगठित भएका छन । वैधानिक आधार नभए सम्म समूहलाई श्रोत प्राप्त गर्न कठिन थियो । अहिले सहज हुँदै गएको छ । बैधानिक आधार नै समूह सफलता र श्रोत प्राप्तीको सुत्र हो।
३. सस्थागत समन्वय ः हामीलेऔपचारिक र अनौपचारिक सम्वन्ध निर्माणका लागि उत्तिकै ध्यान दिदै आएका छौं। साधारण सभा, अन्तरक्रिया, भेला, उत्सव र अभियान लगायतका औपचारिक कार्यक्रमहरुमा जनप्रतिनिधीलाई आमन्त्रण गरेर स्थान दिन्छौ । मन्तव्यका लागि मन्च उपलव्ध गराउँछौं । आफ्ना धारणा, विचार, योजना र प्रतिवद्धताहरु सुनाउनकालागि समय दिन्छौ। वास्ता गर्ने, महत्व दिने रसम्मान प्रकट गर्ने कुराले जनप्रतिनिधीहरुलाई जनताका अपेक्षा सम्वोधन गर्नसकारात्मक दवाव पुग्दछ।
४. तटस्थ व्यवहार ःहामी राजनीतिक दलको पक्ष र विपक्षमा विरोध र समर्थनका कुरा गर्दैनौ । कुरा सुन्छौ तर उत्तेजनामा आएर कडा प्रतिक्रिया दिदैनौ । राजनितिक सवालहरुमा आएका स्टाटसमा लाईक र कमेन्ट गर्दा सचेत हुन्छौं । हामी कसैको प्रतिवाद गर्दैनौ । हरेक जाति, धर्म र सम्प्रदायका आ–आफ्नै मूल्य मान्यता र विश्वासहरु हुन्छन । हामी सबैका संस्कार, संस्कृति र चालचलनलाई आदर र सम्मान गर्छौ । हामी कसैलाई पनि पक्ष, विपक्ष र प्रतिपक्षको व्यवहार गर्दैनौ । कडा जवाफ दिने र विद्रोही व्यवहार गर्ने भुल गर्दैनौ ।
५. जनवकालत र पैरवी ः समुदायका साझा सवालहरुको पहिचान गर्ने र समस्या समाधनका लागि सम्वन्धित निकायलाई जिम्मेवार गराउन समूह र कार्यसंजाल संस्थावाट वकालत र पैरवी गर्ने काम हुँदै आएको छ । सरकारको नीति, विधि र प्रक्रिया बमोजिम सामाजिक सवालहरुको सम्वोधनका लागि सम्वन्धित निकायहरुलाई खवरदारी गर्न हामी समुदायलाई प्रोत्साहन गर्छौं । जनताले जनप्रतिनिधीलाई गर्ने सकारात्मक खवरदारीले साझा मुद्दाको सम्वोधन गर्न वाध्य गराउँदछ । जनवकालत र पैरवी गर्दा कुनै नेता प्रति पूर्बाग्रह नराख्न र हिँसात्मक नवन्न हामी सुझाव दिने गर्छौ । आफ्नो अधिकार लिन र नागरिक कर्तव्यको पालना गर्न समुदायलाई हामी सचेत गराउँछौ ।
६. विश्वासनिय व्यवहार ः व्यवहार नै विश्वासको जग हो । हामी आर्थिक कारोवारमा मितव्ययिता अपनाउँछौ । पक्षपात रहित व्यवहार गर्छौ । श्रोत वितरणमा न्याय गर्छौ । हामी हिसाव पारदर्शी राख्र्छौ र राख्न प्रोत्साहन गर्छौ । सामान किनमेलमा सके सम्म उधारो काम गर्दैनौ । गुणस्तरीय सामानका लागि मोलमोलाई गर्छौ । विल नवढाउने, कृते काम नगर्ने, कमिसन नखाने, ऋण लिएर समयमा तिर्ने लगाएत ईमान्दार व्यवहार गर्छौं । नशालु पदार्थ सेवन गरेर यौनजन्य र हिँसाजन्य व्यवहार गर्दैनौ। कर्मचारीको असल आचरण, विश्वासनिय व्यवहार र मूल्यमान्यताको पालनाले संस्थागत पहिचानको दायरा फराकिलो भएको हो ।
७. प्राप्त स्रोतको सदुपयोग ः श्रोत प्राप्ती र परिचालनमा समूहको अर्थपूर्ण सहभागिताले गर्दा सम्पन्न कामहरु दीगो र प्रभावकारी हुँने गरेका छन । समूहले जिम्मेवारी लिएर काम गर्दा आर्थिक र भौतिक श्रोतको सही सदुपयोग हुने, खर्चमा मितव्ययिता र हिसावमा पारदर्शिता हुने, आवश्यकतामा आधारित काम हुने भएकोले दुरुपयोय हुँदैन तसर्थ स्रोत परिचालनमा समुदायले जिम्मेवारी लिने कुरा पनि असल अभ्यासका लागि सफल सुत्र मान्न सकिन्छ ।
८. उत्तम अभ्यासहरु प्रसारण ः समुदायमा भएका उत्तम अभ्यास, प्रयास र सिकाईहरुलाई हामी समूह मूल समिति र संस्थामा नियमित आदान प्रदान गर्छौ । उत्तम अभ्यासहरु समाचार, केस स्टडी, लेख, कथा कविताको रुपमा स्थानीय पत्रपत्रिका, एफएम रेडियो, फेसबुक, अनलाईन खवर, सामुदायिक समाचार पत्र देहातकी चिराग, वार्षिक प्रतिवेदन, केस स्टडी प्रकासन, प्रसारण र अनुकरणीय फोटोहरु पोष्ट गर्दै आएका छौ । यो कामले स्थानीय समुदायका मानिसहरुलाई प्रोत्साहित हुने र जनप्रतिनिधहरुले सम्मानित महसुस गर्ने गरेका छन ।
९. वधाई तथा शुभकामना ःस्थानीय निर्वाचनबाट विजयी भएका जनप्रतिनिधीहरुसंग परिचयात्मक कार्यक्रम आयोजना गरेर बधाई तथा शुभकामना प्रकट गर्ने काम व्यक्तिगत तथा संस्थागत रुपमा गरिरहेका छौं । खुशी र उत्सवमा बधाई र शुभकामना दिएर सम्मान प्रकट गर्ने कुराले संस्था प्रति सकारात्मक धारणा विकास गर्न मद्दत पुग्छ । उक्त कार्यक्रममा जनप्रतिनिधीहरुले संस्थाको चिनारी, संचालित काम, मुख्य उपलव्धीहरु, चुनौती र आगामी योजनाको बारेमा जानकारी पाउँछन । यो प्रयासले सहकार्य र साझेदारीका क्षेत्रहरुपहिचानर समाधानका लागि मद्दत दिएको छ ।
१०. प्रशंसा र प्रोत्साहन ःहामी राम्रा कामको खुलेर प्रशंसा गर्छौ ।असल अभ्यास, साझा प्रयास र सामाजिक अभियानहरुमा साथ दिन्छौं । राम्रो भन्न हिचकिचाउँदैनौ । कडाविरोधगरेर, हिँसा निम्त्याएर माग पुरा हुँदैन ।नेतृत्वलाई रचनात्मकर सकारात्मक सहयोग गर्नु पर्छ । अपेक्षाहरु पुरा गर्नका लागि नकारात्मक वन्ने र विरोधी वन्ने कुरा सुल्टो हुँदैन ।सकारात्मक कुरा, उत्तम अभ्यास र सफलताहरुलाई प्रचार प्रसारमा ल्याउँछौ र उदाहरणको रुपमा प्रस्तुत गछौं । कार्यक्रमहरुमा निमन्त्रणा गरेर सहभागी गराउँने र निम्तो पाउँदा संस्थाबाट पनि सहभागी भएर राम्रो र असल कुराहरु सिक्छौंं र आफनै व्यवहारमा लागु गर्ने कोशिस गर्दछौ ।
सिकाई, चुनौती र सुझाव :
सिकाई :
चुनौती :
सुझाब तथा निश्कर्षः
विकास र परिवर्तनको स्वामित्व समुदायले लिने अवस्था वन्नु पर्दछ । सामाजिक, आर्थिक र भौतिक विकासका लागि समुदायका मानिसहरु सक्रिय हुने वातावरण निर्माण गर्नु पर्दछ । श्रोतको पहुँच र परिचालन प्रक्रियाका लागि समुदाय आफै सक्षम हुनु पर्दछ त्यसका लागि स्थानीय सरकार र सामाजिक संस्थाहरु श्रोत साझेदार हुन सक्दछन ।सरकारले उपलव्ध गराउने श्रोत र सेवा सरल र सहज हुनुपर्दछ ।विकास र परिवर्तनको ढाँचा समुदायले आफै निर्माण गर्नु पर्दछ त्यसका लागि राज्यले सहयोग र सहजीकरण गर्नु पर्दछ ।
समुदायको रुपान्तरणका लागि समुदायकै मानिसहरु अग्रस्थानमा रहनु आवश्यक छ । सरकारी र गैरसरकारी संस्थाहरुले समुदायको परिवर्तनका लागि पूरक भूमिका निर्वाह गर्नु पर्दछ । समुदायमा गरिने सवै खाले विकास प्रयासहरु दीगो र गुणस्तरीय हुनुपर्दछ । हाम्रा प्रयत्नहरुले समाजका अर्गानिक शैली र तरिकाहरुलाई प्रोत्साहन, प्रवद्र्धन र सुधार गर्न मद्दत दिनु पर्दछ । स्थानीय समुदाय र सरकारका बीचमा सहकार्य, श्रोतमा साझेदारी र मैत्रीपूर्ण सम्वन्ध निर्माणका लागि हामीले रचनात्मक भूमिका खेल्नु आवश्यक छ ।
मानवीय विकास नभए सम्म भौतिक र आर्थिक विकासले गति लिन सक्दैन । जागृत र चेतनशिल समाजले मात्र समाज परिवर्तनको परिकल्पना तयार गर्न र सफल कार्यान्वयन गर्न सक्दछ । सहकर्मी समाजले सहभागिमूलक विकास पद्धतिका लागि सहजीकरण गर्दे आएका छ । समुदायका मानिसहरुले जवसम्म समस्या पहिचान गर्न, विश्लेषण गर्न र समाधानका उपयुक्त विकल्पहरु रोज्न सक्दैनन तव सम्म विकास दीगो र प्रभावकारी हुन सक्दैन ।


प्रतिक्रिया