Developed By Kuldeep Sharma

१ वर्ष अगाडि

व्यापार घाटा ३ खर्ब ५९ अर्ब रुपैयाँ नाघ्याे

काठमाण्डाै – चालु आर्थिक वर्षको तीन महिनामा देशको व्यापार घाटा साढे तीन खर्ब रुपैयाँ नाघेकाे छ । भन्सार विभागले आज आइतवार सार्वजनिक गरेको गएकाे असोज मसान्तसम्मको विवरणअनुसार व्यापार घाटा तीन खर्ब ५९ अर्ब १७ करोड ८१ लाख रुपैयाँ बराबर छ ।

यस अवधिमा देशको व्यापार चार खर्ब ४२ अर्ब ८१ करोड ८४ लाख रुपैयाँ बराबर भएको विभागले जनाएको छ । यस्तै निर्यात ४१ अर्ब ८२ करोड रुपैयाँ बराबरको भएको छ ।

आर्थिक वर्ष २०७८/७८ को तुलनामा चालु आवको तीन महिनामा व्यापार १८ दशमलव ५४ प्रतिशतले घटेको छ । गएकाे आवमा पाँच खर्ब ४३ अर्ब ५७ करोड रुपैयाँ बराबरको व्यापार भएकाेमा यस आवको तीन महिनामा चार खर्ब ४२ अर्ब ८१ करोड रुपैयाँ बराबरको व्यापार भएको छ ।

गएकाे आवमा चार खर्ब ७८ अर्ब ५२ करोड रुपैयाँ बराबरको माल वस्तु आयात भएकाेमा चालु आवको तीन महिनामा १६ दशमलव २० प्रतिशतले कमी आइ चार खर्ब ९९ करोड रुपैयाँ बराबरको माल सामान आयात भएको हो ।

यस्तै गएकाे आवको तीन महिनामा ६५ अर्ब पाँच करोड रुपैयाँ बराबरको माल वस्तु निर्यात भएकाेमा चालु आवको तीन महिनामा ३५ दशमलव ७१ ले ओरालो लागेर ४१ अर्ब ८२ करोड रुपैयाँ बराबरको वस्तु निर्यात भएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

TOP

Developed By Kuldeep Sharma