Developed By Kuldeep Sharma

४ वर्ष अगाडि

क्षेत्रको विकासका लागी के.सी. नै आउनु पर्छ

मोफसल खबर
कार्तिक १७
आसन्न निर्वाचनमा कपिलवस्तु क्षेत्र नं। ३ ९क०मा चुनावी अभियान संगै नेकपा एमालेबाट दास्रो कार्यकालका लागी उम्मेदवार बनेका अर्जुन कुमार के।सी।ले क्षेत्रको विकास गर्न सक्ने भन्दै उनको पक्षमा जन लहर बढेको छ ।
०७४ को निर्वाचनमा भारी मतका साथ विजयी भएका के।सी। आफ्नो ५ बर्षे कार्यकालमा जनताको हित र विकासमा समय खर्चेका कारण उनी प्रति जनआर्कषण बढ्दै गएको विश्लेषकहरुको बुझाई छ । अन्य क्षेत्रका साँसद भन्दा के।सी।ले आफ्नो क्षेत्रको चौतर्फि विकासका लागी गरेका प्रयासहरु प्रशंसनिय रहेकोले पनि आम नागरिकले के।सी।लाई मन पराएका छन ।
सरल स्वभाव, सबैका समस्या, सल्लाह सुन्ने,क्षेत्रको विकास लागी जे सुकै गर्न पनि तम्तयार रहने, के।सी।ले क्षेत्रको विकास र जनताको आर्थिक प्रगतिका लागी प्रदेश देखि केन्द्र सम्म नै जोडबल लगाएका थिए । स्मार्ट कृषि गाउँ, उत्पादन मूखी कार्यक्रम, सिचाइका लागी डिप बोरिङ्ग, दुर्गम बस्तीलाई सडक र बजार संग जोड्न पुल, गुणस्तरिय शिक्षाका लागी स्मार्ट विद्यालय, सुलभ स्वास्थ्यका लागी एम्बुलेन्स लगायत प्रत्यक्ष जनताले अनुभूति हुने गरी काम गरेको हुनाले पनि क्षेत्रको विकास र समृद्धिका लागी पुन के।सी।नै आउनु पर्ने स्थानियहरुको बुझाइ छ ।
सुरही नदिमा मोटररेबल पुल होस या चन्द्रौटाको स्मार्ट रिफ्रेस सेन्टर प्रदेश कै नमुना र ठूला योजनालाई यस क्षेत्रमा ल्याउन अहोरात्र खटेका के।सी। क्षेत्रका अन्य उम्मेदवारका तुलनामा सक्षम र सबल उम्मेदवारका रुपमा चिनिन्छ । क्षेत्रको विकासमा प्रदेश स्तरकै सरुवा रोग अस्पताल पनि के।सी। कै पहलमा यस क्षेत्रमा परेको छ ।
शिक्षा, सडक,विजुली, खाने पानि , सिचाई ,स्वास्थ्य, लगायतका क्षेत्रमा पनि के।सी।ले उल्लेख्य काम गरेका छन । अन्य उम्मेदावरले आफ्नो एजेण्डा जनतामा माझ लग्दै गर्दा के।सी।ले आफुले सुरुवात गरेका कामहरु पुरा गर्न पुन आफुलाई मतदान गर्न भन्दै घर दैलो अभियान रहेका छन । मठ मन्दिर, मस्जिद धार्मिक तिर्थाटन र पर्यटिकय क्षेत्रको विकास लागी पनि सक्रिय रहेका के।सी। गत निर्वाचनमा जनताले दिएको मतको कदर गरेकै कारण पनि यस पटक पनि जनताले आफुलाई चुनेर पठाउनेमा विश्वस्त छन

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

TOP

Developed By Kuldeep Sharma