Developed By Kuldeep Sharma

४ वर्ष अगाडि

कपिलवस्तु क्षेत्र नं. ३ का उम्मेदवार शाह : कुरा कम काम धेरै

मोफसल खबर
कार्तिक १९
कपिलवस्तु जिल्ला क्षेत्र नं. ३ बाट २०७४ सालमा तेस्रो पटक प्रतिनिधी सभा सदस्य पदमा भारी मतले विजयी हुनुभएका अभिषेक प्रताप शाह चौथो पटक साँसद बन्ने दौडमा चुनावी मैदानमा हुनुहुन्छ । लोकतान्त्रिक बाम गठबन्धनमा काँग्रेस बाट उम्मेदावर बन्नु भएका शाह चुनावी मैदानमा होमिदै गर्दा पुराना कामको प्रचार भन्दा नयाँ योजनाहरुका बारेमा जनतालाई जानकारी गराउदै घर दैलोमा मत माग्न पुग्नु भएको छ ।
मैले यसो गरे उसो गरे भन्दा पनि अब फेरी म प्रतिनिधी सभा सदस्य निर्वाचित भए क्षेत्रमा अझ नयाँ र नविनतम विकासका कामहरु सुरु गराउने प्रतिबद्धता सहित शाह यति बेला चुनावी दौडमा हुनुहुन्छ । आफ्नो कामको प्रचार नगरे पनि शाहले क्षेत्रका जनताका लागी गरेका कामहरु भने यहाँका जनताले विर्सन सक्दैनन । अन्य उम्मेदवारले हामी यसो गर्छौं, हाम्रो पार्टीको सरकारले यस्तो गर्र्यो म पुगे यस्तो गर्छु भन्ने अनेकन सपना र आश्वासन जनतामा छरिरहेको अवस्थामा शाहले भने आफुले क्षेत्रको विकासमा गरेका काम बारे समेत प्रचार गरेका छैनन ।
अभिषेक प्रताप शाह कै पहलमा अहिले कृष्णनगर चन्द्रौटा चार लेनको सडक निर्माणको काम अन्तिम चरणमा पुगेको छ जसलाई जनताले प्रत्यक्ष अनुभूति गरेका छन । मधेशको समृद्धि संग जोडिएको आरटिओ र हुलाकी मार्गले पूर्णता पाउदै छ जसले यहाँका जनतालाई प्रत्यक्ष बजार क्षेत्र संग जोड्छ र नागरिकको आर्थिक स्तरमा सुधार ल्याउछ ।
नेपाल भारत सिमामा बसेर भारतिय बजार क्षेत्रमा किनमेल गर्न जाने यस क्षेत्रका निम्न आय भएका जनताको आड भरोसाको रुपमा रहेका शाहले सिमा पारी बाट किसानलाई मलखाद ल्याउन सधैव सहज वातावरण मिलाउदै आउनु भएको छ , यसको प्रचार र प्रशंसा शाहले कहिल्यै गरेनन ।
यस क्षेत्रका जनताले देखेका छन शाहले संसद भवनमा पटक पटक यस क्षेत्र को स्थानीय देखि राष्ट्रिय मुद्दामा निर्भीक आफ्नो बिचार राख्दै यसको क्षेत्रको समस्या समाधान र विकास लागी केन्द्रको ध्यानाकर्षण समेत गराउदै आएका छन । सिचाइको समस्या समाधानका लागी गाउँ गाउँ मा बोरिङ नाली,बस्ती भित्रका हिलाम्मे सडकहरुलाई पिसिसि र आरसिसि गरी झोपडी सम्म पक्कि सडक, विभिन्न धार्मिक मठ मन्दिर, मस्जिदहरुको संरक्षणका लागी भएका कामहरु शाहले भुलेकै भए पनि क्षेत्रबासीले भनेका भुलेका छैनन ।
निकै सहल र सहज व्यक्तित्व शाह आफ्ना क्षेत्रबासीको घर आगनमा आफै पुग्ने गरेका छन । कसैको घरमा उत्सवको क्षण होस या विपदको क्षण शाह पुगेकै हुन्छन ,त्यसैले शाह जनतामा प्रिय छन । कोभिडको समयमा क्षेत्रबासीको उपचार संगै भारतबाट सिमा क्षेत्रमा आएर अलपत्र पर्ने हज्जारौं नेपालीहरुलाई सुरक्षित उनीहरुको गृह पुराउन अहोरात्र खटेको जिल्लाबासीले मात्रै होइन त्यो अमूल्यसाथ अन्य जिल्लाका नागरिकले समेत भुल्न सक्दैनन ।
क्षेत्रका विभिन्न स्थानका विद्यार्थीहरुलाई विद्यालय आवतजावतमा समस्य नहोस भन्दै धेरै विद्यालयमा बस उपलब्ध गराएका शाहलाई त्यहि बस चढेर अहिले विहान बेलुका सहज रुपमा विद्यालय आवत जाने गर्ने विद्यार्थीले के विर्सिसके होलान र ?
आफुले जनताको सेवामा गर्दै आएका कामहरुलाई भुल्दै जाने र नयाँ योजना र विकास निर्माण सगैं गाउँ पसेका अभिषेक प्रताप शाह त्यसै लोकप्रिय भएका भने होइनन । जनताले काम गर्नेलाई आफ्नो मत दिन्छन गफ गर्नेलाई होइन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

TOP

Developed By Kuldeep Sharma