Developed By Kuldeep Sharma

४ वर्ष अगाडि

अबको ५ बर्षमा फुसको घर खोजेर पनि पाइदैन : कनोडिया

मोफसल खबर
मंसिर २१
कपिलवस्तु क्षेत्र नं. ३ (ख) लोकतान्त्रिक बाम गठबन्धन अन्तर्गत नेपाली काग्रेसका उम्मेदवार विरेन्द्र कुमार कनोडियाले अबको ५ बर्षमा क्षेत्रमा कसैको पनि फुसको घर नहुने बताउनु भएको छ । नेपाली काँग्रेसको सरकारले फुसका घरहरु हटाई पक्की घर बनाइनेदिने उहाँले बताउनु भयो ।

जिल्लाको कृष्णनगर नगरपालिका वडा नं. ८ बहादुरगंजमा भएको लोकतान्त्रिक बाम गठबन्धनको चुनावी सभालाई सम्बोन्ध गर्र्दै कनोडियाले वितेको ५ बर्षमा आफु डेढ बर्ष मात्रै सरकारमा रहेको बताउदै डेढ बर्षको अवधीमा चार सय फुसका घर हटाई पक्कि घर निर्माण गरेको बताउनु भयो । आफ्नो क्षेत्रबाट करिब अठार सय परिवारको पक्कि घरका लागि निवेदन परेको बताउदै कनोडियाले अब बन्ने सरकारले ति सबैलाई सम्बोधन गर्दै सबैको पक्कि घर बनाउने प्रतिबद्धता व्यक्त गर्नु भयो ।

अब क्षेत्रको एक सय पचासी गाउँमा नै फुसको घर हटाउने कार्यक्रम आफुले लागु गर्ने उहाँले बताउनु भयो । क्षेत्रको विजयनगर गाउँपालिका र कृष्णनगर नगरपालिकामा सिचाइको समस्या समाधान गर्न आफ्नो कार्यकालमा पचास बढि बोरिङ्ग लगाएको उहाँले दाबी गर्नु भयो । पिउने पानीको लागी पाच सय नलका लगाएको उहाँले बताउनु भयो । पानीको समस्या पुरै क्षेत्रमा समाधान गर्न आफु सरकारका छदै योजना पास भइसकेकोले निर्वाचन पश्चात सबै गाउँमा वितरण कार्य सुरु हुने उहाँले बताउनु भयो । करिब सात सय नलकाको बजेट विनियोजित भइसकेकको कनोडियाले बताउनु भयो ।

आफ्नो कार्यकालमा मन्दिर मस्जिद, विद्यालय र मदरसाको निर्माण र संरक्षणका लागी बिस करोड बढि लगानी भएको कनोडियाले बताउनु भयो ।कृष्णनगर नगरपालिकामा रहेको अस्पतालको विकासका लागी आफ्नो कार्यकालमा प्रदेश सरकारबाट डेढ करोड बजेट दिएको र यस बर्ष ३ करोड विनियोजित भइसकेको उहाँले बताउनु भयो ।
समग्र क्षेत्रको उन्नती र विकासका लागी आफु सदैब लागि रहेको बताउदै मंसिर ४ मा हुने निर्वाचनमा पुन आफुलाई मत दिएर विजयी बनाउन कनोडियाले आग्रह गर्नु भयो । यस पटक आफु विजयी भए प्रदेशको मुख्य मन्त्रि बन्ने र यस क्षेत्रको विकासका लागी अरर्बौ बजेट भित्राउने उहाँले प्रतिबद्धता व्यक्त गर्नु भयो ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

TOP

Developed By Kuldeep Sharma