Developed By Kuldeep Sharma

४ वर्ष अगाडि

अफवाह फैलाउन परिचालन भएका प्रती सजग रहन शाहको आग्रह

मोफसल खबर
मंसिर २१

कपिलवस्तु निर्वाचन क्षेत्र न ३ का प्रतिनिधि सभा सदस्य पदका उम्मेदवार अभिषेक प्रताप शाहले गाउँमा बसेर जनताको शेवा गर्ने उम्मेदवार चिन्नु पर्ने बताउनुभएको छ । उहाँ आफ्नो अघिल्लो ५ बर्षे कार्यकालमा अधिकास समय क्षेत्रमा बसेर जनताको शेवा गरेको बताउनुभएको हो । ससदमा महत्त्वपूर्ण बैठक बाहेक अरु समय जनताको समस्या समाधानको लागी गाउँमा बसेर काम गरेको स्मरण गर्नुभयो ।

कपिलवस्तु निर्वाचन क्षेत्र न ३ ले बहादुरगन्जमा गरेको चुनावी सभालाई सबोधन गर्दै उहाँले नेकपा एमालेले मत माग्ने नैतिकता गुमाएको बताउनुभएको हो । नेपाली जनताको मतलाई अबमुल्यन गरि दुई दुई पटक ससद विघटन र संविधान मास्ने काम गरेकाले मत माग्नु उसलाई लाज लागेको बताउनुभएको हो । उम्मेदवार शाहले आफ्नो प्रतिस्पर्धा कसैसँग नभएकोले अन्य पार्टी दोस्रो तेस्रोको लागि प्रतिस्पर्धा गरिरहेको बताउनुभयो ।

चोक चोक र चिया पसलमा अफवाह फैलाउने केही ब्यक्ती परिचालन भएकाले सजक रहन उहाँले कार्यकर्तालाई आग्रह गर्नुभयो । लोकतन्त्रको सस्थागत बिकास , सबिधानको रक्षा र नागरिकताको समस्या समाधानको लागि गठबन्धनलाई मत हाल्न आवश्यक रहेको जिकिर गर्नुभयो । उहाँले निर्वाचन पछि आफू केन्द्रको मन्त्री , अर्का उम्मेदवार एशहान अहमद खा प्रदेसको मन्त्री र बिरेन्द्र कुमार कनौडिया मुख्यमन्त्री संभावना अधिक रहेकाले मतदान गरेर बिजयी गराउन समेत अपिल गर्नुभयो ।

चुनावी सभालाई प्रदेश सभाका उम्मेदवार बिरेन्द्र कुमार कनौडिया , एसहान अहमद खा , प्रतिनिधि सभा सदस्यको समानुपातिक उम्मेदवार रुपा बिक , प्रदेस सभा सदस्यको समानुपातिक उम्मेदवार उमा बिक लगाएतले सबोधन गरेका थिए कार्यक्रम चुनाव प्रचार प्रसार समितिका सह सयोजक राजेन्द्र आचार्यको अध्यक्ष र युवा नेता राजु खरालको संचालनमा सम्पन्न भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

TOP

Developed By Kuldeep Sharma