Developed By Kuldeep Sharma

१ वर्ष अगाडि

भोलि देशका विभिन्न ठाउँमा पानी पर्ने सम्भावना

भोलि दिउँसो देशका विभिन्न ठाउँमा पानी पर्ने मौसमविद्ले पूर्वानुमान गरेका छन् । हाल देशमा पश्चिमी वायुको सामान्य प्रभाव रहेकाले भोलि दिउँसो सुदूरपश्चिम, कर्णाली, लुम्बिनी र गण्डकी प्रदेशका थोरै तथा बाँकी प्रदेशका पहाडी भूभागका एकदुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमा महाशाखाका मौसमविद्ले बताएका हुन् ।

महाशाखाका अनुसार आज देशको पहाडी भूभागका एकदुई स्थानमा भने हल्का वर्षाको सम्भावना रहेको छ । महाशाखाका अनुसार आज दिउँसो पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा आंशिक बदलीदेखिसामान्यतया सफा रहनेछ । यस्तै राति कतै बादल लागेपनि कतै मौसम सफा रहने महाशाखाले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

TOP

Developed By Kuldeep Sharma