स्वतन्त्र उम्मेदवार पुस्कर बन्जाडे घरदैलो अभियान व्यस्त छ । राजनितिक अवस्था गम्भीर मोडमा पुगेको भन्दै स्वतन्त्र उम्मेदवार बनेका छन् । कपिलवस्तु क्षेत्र न ३(१) वाट स्वतन्त्र उम्मेदवार बनेका बन्जाडे आफुले जित्ने दावि गरेका छन् । जनता राजनितिक दलवाट आजित भएको भन्दै फरक विचार सिद्धान्तका साथ जनताको घरदैलोमा पुगेको उनको भनाई छ । क्षेत्र भित्रका हरेक टोल टोलमा पुगेर जनताका समस्या र घरदैलो गरिरहेका छन् । कुरा गर्ने तर काम नगर्नेहरुलाई जनताले अब बिश्रामको लागि पठाउँने भन्दै आफ्नो जित सुनिश्चित रहेको उनको भनाई छ । क्षेत्र न ३(१)माको समृद्धी र विकासको लागि आफुले योजना निर्माण गरेको र मंसिर ४ गते जनताले जिताएमा त्यहि योजना अनुसार काम गर्ने जनाएका छन् । कुनै पनि दलको विचार सिद्धान्त नभएको र विदेशीहरुको इसारामा देश चल्न थालेको यसलाई बचाउन स्वतन्त्र उम्मेदवारले जित्नुपर्ने बन्जाडेको धारण छ । बन्जाडेले शिक्षा,स्वास्थ्य कृषि, रोजगारीको अवस्था सुधार गर्न राजनितिक दल बाट सम्भावना नदेखिएको बताए । निर्वाचनको बेला जनता सँग जस्तो सुकै प्रतिवद्धता गर्ने तर निर्वाचित भएपछि कुरै नसुन्ने प्रचलन विरुद्ध आफ्ने उम्मेदवारी रहेको बताए । उम्मेदवारी दिए पश्चात धेरै जनताको साथ पाएको बताउँदै पुराना उम्मेदवार तथा दलगतका उम्मेदवारहरुलाई परास्त गरि आफुले जित्ने बन्जाडेको भनाई छ ।


प्रतिक्रिया