Developed By Kuldeep Sharma

१ वर्ष अगाडि

क्याम्पसबाट देउसी–भैलो खेलेर शिक्षक केसीको उपचारको लागि आर्थिक सहयोग

कपिलवस्तु – नेपाल आर्दश बहुमुखि क्याम्पस शिवराज १ शिवपुरमा अध्यानरत विद्यार्थिहरुद्धारा आयोजित देउसी–भैलोबाट संकलित केहि रकम क्यान्सर पीडित शिक्षक सन्तोष केसिलाइ सहयोग गरेको छ ।

नेपालिहरुको दोस्रो महान चाड शुभ दिपावलिको अवसरमा देउसी भैलो मर्फत संकलित केहि रकम आज शिक्षक केसीको घरमा पुगेर विद्यार्थि एवम सहायक क्याम्पस प्रमुख जिवलाल भुसाल, तथा शिक्षक कासिराम आर्चायले हस्तान्तरण गरेका हुन् ।

विगत ७ महिनादेखि एन के टिसेल लेम्फोरा रोग बाट ग्रसित केसीको उपचारमा केहि भएपनि सहयोग पुगोस भन्ने उदेश्यले १० हजार रुपैयाँ सहयोग गरीएको सहायक क्याम्पस प्रमुख जिवलाल भुसालले जानकारी दिनुभयो ।

हाल शिक्षक केसिको भारतको लखनउमा उपचार भइरहेको पारिवारिक स्रोतले जनाएको छ । नेपालमा तेस्रो व्यक्तिको रूपमा केसीलाई एन।के। टिसेल लेम्फोरा रोग लागेको बताइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

TOP

Developed By Kuldeep Sharma