Developed By Kuldeep Sharma

१ वर्ष अगाडि

५ वर्षमा कनौडियाको काम : मतदाता भन्छन क्षेत्रको विकासको लागी कनौडिया आवश्यक

करिव ४ सय घरपरिवारलाई पक्की घर , सिचाई तथा खानेपानी योजनाको लागी करौंडौ वजेट , विभिन्न मन्दिरहरुमा धर्मशाला निर्माणको लागी करौडौ रकम , विधालयहरुमा वस तथा विधालयहरुको भवन निर्माणको लागी वजेट, १५ ओटा भन्दा वढि ठुला वोरिङ,९४ घरपरिवारलाई हेण्ड पाईप ( नल्का) सामुदायिक अस्पताल र सर्पदंश उपचार केन्द्र निर्माणको लागी वजेटको व्यस्थापन लगाएतका काम नेपाली कांग्रेस संसदीय दलका नेता एवम कपिलवस्तु निर्वाचन क्षेत्र न ३ दुईका उम्मेदावर विरेन्द्र कनौडियाले सरकारमा गएपछि १७ महिनामा गरेका छन ।
कार्यकालको ४२महिना एमाले नेतृत्वको सरकारमा रहंदा खासै वजेट ल्याउन नसकेको वताउने कनौडिया पछिल्लो केहि महिनामा क्षेत्रको लागी धेरै काम गरेको वताएका छन । लुम्विनी प्रदेशसभामा हेभिवेट भएका व्यतmी भनेर चिनिने नेता कनौडिया आगामी सरकारको मुख्यमन्त्रीको प्रमुख दावेदार समेत हुन । लुम्विनी प्रदेशमा प्रभाव राख्ने नेता पाउनु क्षेत्रको लागी गौरवको कुरा भएको नेपाली कांग्रेसका महाधिवेशन प्रतिनिधि कमल केशिले वताएका छन । कनौडिया जी आगामी सरकारमा मुख्यमन्त्री वन्नवाट कसैले रोक्न सक्दैन , त्यसपछि यो क्षेत्रमा विकास लहर चल्नेमा कुनै संका नगर्न आग्रह गर्दछु केशिले भने । उहांले १८०० परिवारको पक्की घर निर्माण , राप्तिको पानीवाट कपिलवस्तु क्षेत्र न ३ मा सिचाईको व्यस्थापना , युवाहरुलाई उदमशिलता र रोजगारको व्यस्थापना हुने खालका कामहरु गर्न योजना वनाउनुभएको छ ।
उहांको जित आवश्यक छ केशिले भनेका छन । कपिलवस्तुको क्षेत्र न २ का मतदाताहरु पनि कनौडिया स्थीर र सरल नेता भएकाले धेरै सहज भएको वताएका छन । ४ गते हुने निर्वाचनमा प्रमुख दावेदार देखिएका कनौडिया जित्ने पुर्ण विश्वास सहित चुनावी मैदानमा रहनुभएको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

TOP

Developed By Kuldeep Sharma