Developed By Kuldeep Sharma

४ वर्ष अगाडि

समानुपातिकमा एमालेको १ लाख मत नाघ्यो, माओवादी केन्द्र राष्ट्रिय स्वतन्त्र पार्टीभन्दा पछाडि

काठमाण्डाै – नेकपा एमालेले प्रतिनिधि सभा र प्रदेश सभा चुनावकाे मतगणनामा समानुपातिकतर्फ १ लाख मत पुर्‍याएकाे छ ।

अहिलेसम्म एमालेले १ लाख ६ हजार ९४ मतसहित अग्रता कायम राखेको छ । यस्तै दोस्रोमा रहेको नेपाली कांग्रेसले ९० हजार ५ सय ५३ मत प्राप्त गरेको छ । ४७ हजार ५३ मतसहित राष्ट्रिय स्वतन्त्र पार्टी तेस्रो स्थानमा रहेको छ ।

यस्तै चौथो स्थानमा रहेको माओवादी केन्द्रले ३९ हजार ७ सय ४६ मत प्राप्त गरेको छ । पाँचौँ स्थानमा रहेको राप्रपाले २६ हजार ५ सय ३९ मत प्राप्त गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

TOP

Developed By Kuldeep Sharma