मोफसल खबर
मंसिर १७
बाकेंको कोहलपुरमा बैंक तथा वित्तिय संस्थाहरुले बढाएको व्याज दरको समाधानार्थ शान्तिपूर्ण विरोध भएको छ । नेपाल उद्योग वाणिज्य महासंघ लम्बिनी प्रदेश, उद्योग वाणिज्य महासंघ कर्णाली प्रदेश र उद्योग वाणिज्य महासंघ सुदुरपश्चिम प्रदेशको सहभागितामा शान्ति पूर्ण विरोध र्याली तथा भेला सम्पन्न भएको छ ।

भेलाले बैंक तथा वित्तिय संस्थाहरुले बढाएको व्याजदरले सरकार,सर्वसाधारण र निजि क्षेत्र सबैमा नकारात्मक प्रभाव परेकोले यसको समाधानका लागि सयुक्त धारणा पत्र जारी गरेको छ । भेलाले विभिन्न सुझाव र माग गर्दै अन्य कार्यक्रमहरु समेत तय गरेको चन्द्रौटा उद्योग वाणिज्य संघका अध्यक्ष इश्वरी पाण्डेले बताउनु भयो । भेलाले यहि मंसिर २७ गते वटै प्रदेशका अध्यक्ष र काठमाण्डौमा उपलब्ध केन्द्रिय सदस्यहरु विच बैठक बसी निर्णय लिने, पौष १ गते मंसिर २७ गते भएका विरोधका कार्यक्रमहरुलाई कार्यान्वय गर्न सम्पूर्ण जिल्ला शाखाहरुलाई आव्हान गर्ने र महासंघमा धर्ना दिने जस्ता निर्णय भएको उद्योग वाणिज्य महासंघ केन्द्रिय सदस्य जमसेर अलि मियाँले बताउनु भयो ।

कार्यक्रममा नेपाल उद्योग वाणिज्य महासंघ लम्बिनी प्रदेश अध्यक्ष कृष्ण प्रसाद शर्मा, कर्णाली प्रदेश अध्यक्ष पदम बहादुर शाहि, सुदुरपश्चिम अध्यक्ष शंकर बोगटीको आयोजना र कोहलपुर उद्योग वाणिज्य संघका अध्यक्ष लक्ष्मणराज पौडेलको संमन्वयमा सम्पन्न भएको हो ।






प्रतिक्रिया