Developed By Kuldeep Sharma

२ महिना अगाडि

पहिलो पटक शिवगढी बैकिङ सेवा शुरु ।।

कपिलवस्तु -शिवगढीमा पहिलोपटक साखा रहित बैकिङ सेवा शुरु भएको छ।

शिवराज नगरपालिका ९ शिवगढीको बनियाभारमा रहेको स्नेह स्टेसनरी तथा अनलाईन सेवाले स्थानीयका समस्यलाई मध्यनजर गर्दै ग्लोबल आई एम ई बैक द्वारा संचालन गर्ने गरि साखा रहित बैकिङ सेवा शुरु गरेको हो ।

साना साना बैकिङ सेवा लिन अन्यत्र जादा समय र पैसा दुवै अनावश्यक खेर गईरहेको अवस्थामा शिवगढीकै स्थानीयलाई पायक पर्ने बनियाभारमा साखा रहित बैंकिङ सेवा शुरु हुदा स्थानीयले राहत महशुस गरेका छ्न ।उट्घाटनमा सहभागी स्थानीयले अब कुनै पनि बैकिङ सेवा लिनु परे बनियाभार बाटै लिने बताएका छन ।साखा रहित बैकिङ सेवा शुरु भए पछी खुशी हुँदै नया खाता समेत खोलेका छ्न ।

बिस्तारै स्थानीयको अवश्याकतालाई मध्यनजर गर्दै आवश्यक परे साखाकै रुपमा बिस्तार गर्न सकिने ग्लोबल आई एम ई बैकलि चन्द्रौटाका साखा प्रमुख माधव उपाध्ययले बताउनु भयोउट्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै वडा अध्यक्ष गोपाल चौधरीले खर्चलाई कम गर्दै बचत गर्ने बानीको बिकाश गर्नु पर्ने बताउनु भयो ।अनावश्यक खर्च कम गरि बचत गर्न सके आफुलाई समस्य परेको बेला कोहि कसैले कसैको अघि हात थाप्नु पर्ने अवस्था नआउने चौधरीको भनाई छ ।

उट्घाटन कार्यक्रममा उल्लेख्य स्थानीय ,समाजसेवी ,विभिन्न सस्थाका  प्रतिनिधि क्लबका अध्यक्षहरुको सहभागीता रहेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

TOP

Developed By Kuldeep Sharma