Developed By Kuldeep Sharma

१ वर्ष अगाडि

नेकपा माओवादी केन्द्र नगरकमिटिद्वारा श्रद्धाञ्जली

कपिलवस्तु -मंसिर २९  गते भैरहवा मेडिकल कलेजमा उपचारका क्रममा स्वर्गबास हुनु भएकि पुर्व महिला सदस्य सठिया थारुलाई माओवादी केन्द्र नगरकमिटिले श्रद्धाञ्जली अर्पण गरेको छ ।

शनिबार रमुवादह उहाको आफ्नै निवासमा नेकपा माओवादी केन्द्र नगर कमिटीले एक कार्यक्रमको आयोजना गरि श्रद्धाञ्जली अर्पण गरेको हो

पार्टी र समाजलाई उहाले पुर्याउनु भएको सहयोगको उच्च मूल्याकंन गर्दै उहाँ नरहदा पार्टीले सधै अभाव ,कमि महसुस गर्ने प्रदेश सदस्य राजेन्द्र आचर्यले बताउनु भयो । तत्कालीन नेकपा माओवादीले जनयुद्ध लडिरहेको बेला गर या मरको अवस्थाबाट गुज्रिरहेको बेला परिवर्तनका लागि उहाले चाल्नु भएको कदम सोच ,बिचार,को प्रसंशा गरे पनि कम हुने आचार्यले बताउनु भयो । उहाको अधुरा प्रयास उहाले देख्नु भएको सपना आत्मसात गर्दै निरंतरता दिने आचार्यको भनाई छ ।

श्रद्धाञ्जली सभालाई सम्बोधन गर्दै नगर उपाध्यक्ष चिन्ता परियारले समाज परिवर्तनमा उहाले खेल्नु भएको भुमिका पार्टीमा आवद्ध रहदा उहाले पुरयाउनु भएको सहयोग आज मात्र सम्झेर नपुग्ने बताउनु भयो । उहा सधै हाम्रो मन मस्तिष्कमा राख्न उहाको नाममा सडक पाटी ,पौवा,कुनै सार्वजनिक सेवा प्रदायक संरचनाको निर्माण गरे उहा सधै हामी माझ रहने उहाको भनाई छ ।

उहाको सम्झनामा १ मिनेट मौनधारण गरि शुरु भएको श्रद्धाञ्जली कार्यक्रममा प्रदेश सदस्य उमा बिक,अर्जुन सापकोटा ,दिनेश पुन,पार्टी नेता नरेन्द्रमान केसि पुर्व वडा अध्यक्ष चुर बहादुर खड्का,वडा अध्यक्ष रामगोपाल चौधरी,एकीकत शिक्षक संगठनका प्रदेश सदस्य रामसिङ् बुढा,वडा कमिटी ईन्चार्ज प्रेम रोका,कमिटी अध्यक्ष लाल बहादुर रोका ,स्थानीय ,आफन्तको उपस्थितिमा सम्पन्न भएको हो।

केही महिना अधि स्वास्थमा समस्य देखिए पछी भैरहवा मेडिकल कलेजमा उपचाररत रहदा मंसीर २९ गते उहाको दु:खद निधन भएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

TOP

Developed By Kuldeep Sharma